Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

'छक्का पञ्जा ४' को ट्रेलर सार्वजनिक, युट्युवको ट्रेन्डिङमा

'छक्का पञ्जा ४' को ट्रेलर सार्वजनिक, युट्युवको ट्रेन्डिङमा


  • 2.0K
    Shares

    'छक्का पञ्जा ४' को ट्रेलर सार्वजनिक, युट्युवको ट्रेन्डिङमा
    images

    यो वर्षको प्रतिक्षित फिल्म ‘छक्का पञ्जा ४’ को ट्रेलर युट्युव ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ । शुक्रबार साँझ सार्वजनिक ३ मिनेट २० सेकेन्डको ट्रेलरले समाचार तयार गर्दासम्म १० लाख बढी भिउज पाउँदै युट्युव ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको हो । ट्रेलरले ४२ हजार बढी लाइक पनि पाएको छ ।

    फागुन १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलरमा पिताको राजनीतिक विरासत जोगाउन राजनीतिमा होमिएका एक युवकको खराब स्वभाव र शैली चित्रण गरिएको छ । ट्रेलरमा सुधार गृहबाट निस्किएपछि राजा पात्रको राजनीतिक यात्रा र त्यसक्रममा आउने विभिन्न आरोह–अवरोह समेत बुनिएको छ ।

    हेमराज विसीले निर्देशन गरेको फिल्ममा नीर शाह, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुष्मा निरौला, वेदना राई, मलिना जोशी, सविन बाँस्तोला, रमेश बुढाथोकी लगायतको अभिनय छ ।

    नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र दीपक राज गिरीकै कथा, पटकथा तथा संवाद रहेको फिल्म आमा सरस्वती मुभिज र आइएमईको संयुक्त प्रस्तुतिमा निर्माण भएको हो । फिल्मका कार्यकारी निर्माताहरु केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुन् । 

    प्रकाशित मिति :फाल्गुण ७ २०७९ आइतवार - १२:३५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij