Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

फागुन २५ गते विवाह गर्दै सुरक्षा पन्त, को हुन् त उनको प्रेमी ?

फागुन २५ गते विवाह गर्दै सुरक्षा पन्त, को हुन् त उनको प्रेमी ?


  • 2.2K
    Shares

    फागुन २५ गते विवाह गर्दै सुरक्षा पन्त, को हुन् त उनको प्रेमी ?
    images

    अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिंदैछन् । फागुन २५ गते चितवनमा हुने वैवाहिक समारोहमा यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् ।

    ‘अन्तराल’ डेब्यु अभिनेताले विवाहबारे पुष्टि गरे । चितवनमा हुने विवाह समारोहमा परिवार र निकट आफन्तलाई मात्र बोलाएर परम्पराअनुसार विवाह गर्ने तयारी छ ।

    ‘सकेसम्म सानो उपस्थितिमा विवाह सकौं कि भन्ने योजनामा हामी छौं,’ सुवेदीले भने, ‘तयारी भइरहेको छ ।’ सन् २०१५ मा रिलिज भएको ‘अझैपनि’बाट सुरक्षाले अभिनय करिअर थालेकी थिइन् ।

    पहिलो फिल्म अन्तरालपछि मानवले नेपथ्य र चिनी कम रङ कडामा अभिनय गरे । उनी यतिबेला छोटो फिल्मको निर्देशन गर्दैछन् । ओस्कार फिल्म कलेजबाट फिल्मको अध्ययन गरेका सुवेदीको पुर्ख्यौली घर झापा हो ।

    झण्डै ६ वर्षदेखि सुरक्षा र मानव प्रेम सम्बन्धमा थिए । दुवैले सम्बन्धलाई लो-प्रोफाइलमा राख्दै सार्वजनिक गरेनन् ।

     

    प्रकाशित मिति :फाल्गुण ५ २०७९ शुक्रवार - १३:११:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij