२०८२ भाद्र २४ गते मंगलवार
जी मिडिया कनेक्सनको ब्यानरमा निर्माण गरिएको नेपाली सीरीज ‘लाल बहादुरः द स्पार्क’ यही फागुनदेखि प्रसारणमा आउने भएको छ ।
सीरीजको सार्वजनिक ट्रेलरमा मुख्य कलाकारहरु सरोज खनाल, सुनिल थापा, खड्ग बहादुर पुन (खबपु) आदि कलाकारलाई देख्न सकिन्छ ।
देवजंग थापाको लेखन तथा निर्देशन रहेको यो सीरीजमा २०७२ सालको विनासकारी भूकम्पपछि पानीको मुहान सुकेको गाउँमा पानी ल्याउन गरिएको प्रयासको कथालाई चित्रण गरिएको छ । चार सिजन गरी जम्मा ५२ भागमा निर्माण हुने सीरीजको पहिलो पहिलो सिजन १३ एपिसोडको हुने छ ।
प्रकाश आङ्बुहाङ ९हाङबारे० निर्माता रहेको लाल बहादुर, द स्पार्कमा सरिता राजोपाध्य, लक्ष्मीनाथ सुवेदी, गीता थापा, रामबाबु रेग्मी , अनिता गिरी , जेनिस अधिकारी ,रविन विष्ट, विश्व मुखिया आदि कलाकारले पनि अभिनय गरेका छन् ।
फागुनको पहिलो सातादेखि साप्ताहिक रुपमा प्रसारणमा आउने यो सीरीज जी मिडिया कनेन्कसनको यूट्युब च्यानल तथा एउटा टेलिभिजनमार्फत एकसाथ प्रसारणमा आउने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij