Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

मिस नेपाल-२०२३ को अडिसन इटहरीबाट सुरु हुँदै

मिस नेपाल-२०२३ को अडिसन इटहरीबाट सुरु हुँदै


  • 2.2K
    Shares

    मिस नेपाल-२०२३ को अडिसन इटहरीबाट सुरु हुँदै
    images

    काठमाडौं । मिस नेपाल-२०२३ को देशव्यापी अडिसनको सुरुवात इटहरीबाट हुने भएको छ । आयोजक संस्था द हिडन ट्रेजरले शनिबार अडिसन हुन लागेको जनाएको छ । जसका लागि बिहीबार मिस नेपालको टोली त्यसतर्फ प्रस्थान गर्दैछ ।

    इटहरीको होटल मादेन इनमा हुने अडिसनमा सहभागी हुन इच्छुकलाई हिडन ट्रेजरले आग्रह गरेको छ । सातै प्रदेशका प्रमुख सहरमा अडिसन गर्ने तयारी छ ।

    इटहरीपछि वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढीमा मार्च १५ सम्म क्षेत्रीय अडिसन हुने उल्लेख छ । सबैभन्दा अन्त्यमा काठमाडौं अडिसन गर्ने तयारी छ ।

    अघिल्लो संस्करणदेखि मिस नेपालले देशव्यापी पहुँच पुर्‍याउन क्षेत्रीय अडिसनको थालनी गरेको थियो । जसकारण अघिल्लो संस्करणमा मात्र ७०० आवेदन प्राप्त भएको थियो । क्षेत्रीय अडिसनमा पनि मिस नेपाली प्रियंकारानी जोशी, मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का सहभागी हुनेछन् । इटहरीमा चार जना भाग्यशाली प्रतिस्पर्धीले तीनै जना मिस नेपालसँग डिनर गर्न पाउने जनाइएको छ ।

    यसैबीच, मिस नेपाल-२०२३ को आवेदन चैत १ गतेसम्म दिन पाइने भएको छ । आवेदन प्राप्त भइरहेको हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले जानकारी दिए । आगामी जेठ १३ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा ग्राण्ड फिनालेको आयोजना गरिएको छ ।

    प्रकाशित मिति :माघ २४ २०७९ मंगलवार - १२:४६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij