Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

ग्रामी अवार्डको ६५ औँ संस्करण: बियोन्सेले रचिन् इतिहास, कसले कुन अवार्ड जिते?

ग्रामी अवार्डको ६५ औँ संस्करण: बियोन्सेले रचिन् इतिहास, कसले कुन अवार्ड जिते?


  • 3.0K
    Shares

    ग्रामी अवार्डको ६५ औँ संस्करण: बियोन्सेले रचिन् इतिहास, कसले कुन अवार्ड जिते?
    images

    सांगितिक क्षेत्रको ठूलो ग्रामी अवार्डको ६५ औँ संस्करणमा पपस्टार बियोन्सेले इतिहास रचेकी छिन्। आज बिहान अमेरिकामा भएको अवार्ड समारोहमा उनले ३२ औँ अवार्ड जित्दै हालसम्म बढी ग्रामी अवार्ड जित्ने गायिका बनेकी हुन्।

    बियोन्सले यसवर्ष ४ विधामा अवार्ड जितेकी छिन्। उनले डान्स एल्बम ‘रेनेसान्स’ बाट उत्कृष्ट नृत्य तथा इलेक्ट्रोनिक एल्बमको उपाधि जितिन्। त्यसैगरि, उनले बेस्ट आर एण्ड बी गीत, उत्कृष्ट नृत्य/इलेक्ट्रोनिक रेकर्डिङ र उत्कृष्ट परम्परागत आर एण्ड बी पफमेन्स विधामा समेत उपाधि जितिन्।

    योसँगै बियोन्सेले हंगेरी-ब्रिटिश नागरिक जर्ज सोल्टीको रेकर्ड तोडेकी छिन्। उनले २० वर्षसम्म ग्रामी अवार्डमा ३१ ट्रफी जितेकी थिइन्।

    ग्रामी अवार्ड विजेताको सूची यसप्रकार छ:

    एल्बम अफ द इयर: ह्यारी स्टाइल्स (ह्यारीज् हाउस)

    रेकर्ड अफ द इयर:लिज्जो (अबाउट ड्याम टाइम)

    सङ अफ द इयर: बोनी राईट (जस्ट लाइक ड्याट)

    उत्कृष्ट नयाँ आर्टिस्ट: समारा जोय

    उत्कृष्ट पप सोलो पफमेन्स: एडेले (इजी अन मि)

    उत्कृष्ट डान्स तथा इलेक्ट्रोनिक एल्बम: बियोन्से

    उत्कृष्ट र्‍याप एल्बम: केन्ड्रिक लामार (मिस्टर.मोराले एण्ड द बिग स्टेपर्स)

    उत्कृष्ट म्युजिका उर्बाना एल्बम: ब्याड बनी (अन वेरानो सिन टि)

    उत्कृष्ट पप युगल/समुह प्रस्तुती: साम स्मिथ र किम पेट्रोस (अनहोली)

    उत्कृष्ट कन्ट्री एल्बम: विली नेल्सन (अ ब्युटीफूल टाइम)

    उत्कृष्ट आर एण्ड बी गीत: बियोन्से

    उत्कृष्ट पप भोकल एल्बम: ह्यारी स्टाइल

    उत्कृष्ट डान्स/इलेक्ट्रोनिक रेकर्डिङ: बियोन्से (बेक्र माई सोल)

    उत्कृष्ट ग्लोबल म्युजिक प्रस्तुती: वाटर केलरम्यान, जेक्स बान्टविनी र नोमकेबो जिकोडे

    उत्कृष्ट कन्ट्री सोलो प्रस्तुती:विली नेल्सन (लाइभ फरइभर)

    उत्कृष्ट आर एण्ड बी प्रस्तुती: मुनि लङ्ग (हाओर्स् एण्ड हाओर्स्)

    उत्कृष्ट र्याप प्रस्तुती: केन्ड्रिक लामर- द हार्ट पार्ट ५

    उत्कृष्ट मेटल प्रस्तुती: ओजी ओसबोर्न फिचरिङ टोनी लोम्मी

    उत्कृष्ट रक प्रस्तुती: ब्रान्डी कार्लिले ब्रोकन हर्सेज

    उत्कृष्ट रक एल्बम: ‌ओजी ओस्बोर्न-प्यासेन्ट नम्बर ९

    उत्कृष्ट परम्परागत आर एण्ड बी पफमेन्स: बियोन्से

    उत्कृष्ट अलटरनेटिभ म्युजिक गीत: वेट लेग

    उत्कृष्ट आर एण्ड बी: रोबर्ट ग्लास्पर-ब्याक रेडियो आईआईआई

    उत्कृष्ट र्‍याप गीत: केन्ड्रिक लामार (द हर्ट पार्ट ५)

    उत्कृष्ट कमेडी गीत: डेभ च्याप्ली-द क्लोजर

    उत्कृष्ट लोक एल्बम: म्याडिसन कनिंघम

    उत्कृष्ट कन्ट्री गीत: कोडी जोनसन-टिल यु कान्ट

    उत्कृष्ट प्रोग्रेसिभ आर एण्ड बी एल्बम: स्टीव लेसी- जेमिनी राइट

     

    प्रकाशित मिति :माघ २३ २०७९ सोमवार - १२:०८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij