Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

दया र प्रकृतिको ‘बिहे पास’ वैशाख १ मा रिलिज हुने

दया र प्रकृतिको ‘बिहे पास’ वैशाख १ मा रिलिज हुने


  • 2.1K
    Shares

    दया र प्रकृतिको ‘बिहे पास’ वैशाख १ मा रिलिज हुने
    images

    वर्षकै प्रतिक्षित फिल्मका रुपमा हेरिएको दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टारर फिल्म ‘बिहे पास’ को  फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ। नयाँ वर्ष २०८० वैशाख १ गते प्रदर्शन हुने फिल्मको श्रीपञ्चमीको अवसर पारेर बिहीबार दर्शकमाझ दुई डिजाइनका पोस्टर ल्याइएको हो। एउटा पोस्टरमा दयाहाङ र प्रकृतिलाई मात्र प्रस्तुत गरिएको छ भने अर्को पोस्टरमा उनीहरुको साथमा बुद्धि तामाङ, शिशिर वाङ्देल र रवीन्द्र झा देखिन्छन्। 

    सामाजिक कथानक फिल्म बताइएको ‘बिहे पास’ प्रवेश पौडेलको निर्देशनमा रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेका हुन्। पूर्वी नेपालका विभिन्न रमणीय स्थलमा खिचिएको फिल्म आरआर फिल्म्‌स् प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। फिल्म वितरणमा आफ्नो वर्चश्व कायम राखेको आरआर फिल्मस्‌ले यसअघि ‘कृष्ण लीला’ निर्माण गरेको थियो। 

    रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता,रोजन श्रेष्ठ निर्माता,ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको फिल्ममा श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन्। शिव ढकालले खिचेको फिल्मका गीतमा प्रवेश मल्लिकको संगीत, डिपी खनालको गीत, शैलेन्द्र प्रधानको पार्श्व संगीत छ। रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्म मित्र गुरुङले सम्पादन गरेका हुन्। मर्रे केर, आकाश बराल र सजन काफ्लेको कथा रहेको फिल्मको पटकथा र संवाद भने आकाश र सजनले तयार पारेका हुन्। 

    निर्माण पक्षले ‘बिहे पास’ लाई नयाँ वर्ष २०८० को कोसेली स्वरुप दर्शकमाझ पस्कन लागेको जनाएको छ। 

    प्रकाशित मिति :माघ १३ २०७९ शुक्रवार - ११:३६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij