२०८२ फाल्गुण २३ गते शनिवार
काबुल रकठ्याङ्ग्रिने चिसोबाट घरलाई न्यानो पार्न हेरत प्रान्तमा प्रयोग गरिएको ग्यासबाट विषाक्त कार्बन मोनोअक्साड उत्पन्न हुँदा कम्तीमा एक सय ४० जना बिरामी भएका छन् । उनीहरूलाई अस्पताल भर्ना गरिएको सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार समिति टोलीले जनाएको छ ।
बिरामी पर्नेमा अधिक बालबालिका र महिला छन् । देशमा दाउरा तथा अन्य आधारभूत वस्तुको मूल्य आकाशिएपछि अफगान नागरिकले घर कोठा तताउन ग्यास प्रयोग गर्दै आएका छन् । अकस्मात तामक्रम घटेपछि अफगानिस्तानको जनजीवन प्रभावित भएको छ । चिसोका कारण चार प्रदेशमा १६ जनाले ज्यान गुमाएका छन् ।
ुज्यादै चिसो भएकाले आफ्नो परिवारले कोठा तातो पार्न ग्यास बालेछन्, त्यसबाट उत्पन्न विषले मेरा परिवार बिरामी परे, अस्पताल ल्याउन पाँच मिनेट विलम्ब गरेको भए परिवारका सबै २१ जना सदस्यलाई गुमाउने थिएँ,ु हेरत प्रान्तीय अस्पतालमा अब्दुल कादिरले सिन्ह्वालाई भने । बिजुली, दाउरा केही नभएपछि ग्यास प्रयोग गर्न बाध्य उनले गरिबलाई खाद्यान्न र इन्धनको जोहो गर्न कठिन भएको दुखेसो गरे ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij