२०८२ कार्तिक १६ गते आइतवार
काठमाडौं। धनाढ्य परिवारमा जन्मेकाहरूले विलासी जीवन सायदै त्याग्छन् र जीवनको सङ्घर्षबाट पूर्णतया अनभिज्ञ हुन्छन् भन्ने आम धारणा छ।
तर पहिलो पटक, भारतको गुजरात राज्यको हीरा व्यापारीकी ८ वर्षकी छोरीले सन्न्यासी जीवन अँगाल्नको लागि विलासी जीवन त्याग गर्ने निर्णय गरेकी छन्। उनले आफ्नो परिवार भन्दा फरक बाटो मात्र लिएकी छैनन्, बरु भिक्षुत्वको जीवन अँगाल्नको लागि आफ्नो विरासत नै त्यागेकी छन्।
हिरा व्यापारी धनेश संघवीकी उत्तराधिकारी देवंशी संघवी धनेशका दुई छोरीमध्ये जेठी हुन्। द टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार देवांशीले ३६७ वटा दीक्षा समारोहमा भाग लिएकी थिइन् र त्यसपछि उनी सांसारिक जीवनबाट संन्यास लिन प्रेरित भएकी हुन्।
परिवारका नजिकका साथीले उनले अहिलेसम्म टिभी वा कुनै चलचित्र नहेरेको समेत बताएका छन्। यति मात्र होइन, उनी कहिल्यै कुनै रेस्टुरेन्टमा समेत गएकी छैनन्।
धनेश संघवी संघवी एन्ड सन्सका संस्थापक मोहन संघवीका एक मात्र छोरा हुन्, गुजरात राज्यको सबैभन्दा पुरानो हीरा उत्पादन गर्ने कम्पनीहरू मध्ये एक हो।
यस कम्पनीका विश्वभर शाखाहरू छन्, जसको वार्षिक कारोबार अर्बौँ रुपैयाँ छ। र यो सबै व्यवसाय जेठी छोरी देवांशीको हातमा जाने थियो, यदि उनले संन्यासको बाटो नअँगालेको भए।
देवांशीको भिक्षुत्वमा ठूलो परिवर्तन पछि शहरमा यो अवसर मनाउन हात्ती, घोडा र ऊँटहरूसहितको ठूलो जुलुस निकालिएको थियो।
विभिन्न सञ्चारमाध्यमका अनुसार हिरा व्यापारी धनेशको परिवारले पनि सादा जीवन बिताएका छन् । परिवार पनि धेरै धार्मिक र देवांशीले सानैदेखि दिनमा तीन पटक पूजा गर्ने नियम पालना गर्दै आएकी बताइएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij