२०८२ फाल्गुण २३ गते शनिवार
माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका उत्तर प्रदेशका ४ जनालाई त्यहाँको सरकारले ५ लाख भारू (८ लाख नेपाली रुपैँया) राहत दिने भएको छ।
समाचार एजेन्सी पिटिआईका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले चारै जनाका परिवारलाई राहतस्वरूप उक्त रकम दिने घोषणा गरेका हुन्। उत्तर प्रदेशको गाजीपुर जिल्ला ती चार साथीहरू घुम्न नेपाल आएका बेला दुर्घटनामा परेका थिए। उक्त दुर्घटनामा गाजीपुरका अभिषेक कुशवाहा, विशाल शर्मा, अनिलकुमार राजभार र सोनु जैसवालको मृत्यु भएको थियो।
भारतीय अर्को राज्य विहारका सञ्जय जैसवालको पनि उक्त दुर्घटनामा परेका थिए। काठमाडौंबाट पोखराका लागि उडेको जहाजमा ६८ यात्रु र ४ जना चालक दलका सदस्य थिए। अहिलेसम्म ७१ जनाको शव फेला परेको छ भने १ जनाको खोजी भइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij