२०८२ फाल्गुण २३ गते शनिवार
हङकङमा एक लुटेराले सार्वजनिक अस्पतालबाहिर नजिकै एक नर्सबाट ४ हजार हङकङ डलर लुटेका छन्। तर, आफ्नो परिचय पत्र छाडेका कारण लुटेरा पक्राउ परेका छन्।
सोमबार राति १० बजे सेउङ क्वान ओस्थित हेवेन अफ होप अस्पतालबाहिर काम सकेर घर फर्किन लागेकी नर्सबाट ती व्यक्तिले पैसा लुटेका हुन्।
‘ती व्यक्तिले पछाडिबाट पीडितको घाँटी समातेर पर्स र घडी लुटे,’ इन्स्पेक्टर लाइ तातचिङले मंगलबार भने।नजिकै उभिएका अर्का व्यक्तिले त्यो देखेर लुटेरालाई केहीबेर लखेटेका थिए। तर, उनी भाग्न सफल भए।
२० सेकेन्डभित्रै लुटपाट सकेर ती व्यक्ति भागेको प्रहरीको भनाइ छ। तर, धक्कामुक्कीमा लुटेराको पर्स भुइँमा खसेको भेटियो। जहाँ उनको परिचय पत्र समेत थियो।
अस्पतालबाट पाँच सय मिटर नजिकै रहेको उनको ठेगानामा प्रहरी पुग्यो र उनलाई गिरफ्तार गर्यो।प्रहरीले पीडितको पर्स उनकै फ्ल्याटमा फेला पारेको छ।
ती ३४ वर्षीय व्यक्ति जुवामा हारेर ऋणमा रहेको प्रहरीले पत्ता लगाएको छ। जनवरीदेखि अक्टोबरसम्म प्रहरीकहाँ लुटपाटका ६४ घटना दर्ज भएका छन्। एससीएमपी
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij