Logo

२०८२ कार्तिक १६ गते आइतवार

२०८२ कार्तिक १६ गते आइतवार

इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प

इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प


  • 1.9K
    Shares

    इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प
    images

    इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । युरोपियन मेडिटेरेनियम सिस्मोलोजिकल सेन्टरका अनुसार मंगलबार बिहान इन्डोनेसियाको टनिम्बर क्षेत्रमा ७.७ म्याग्निच्युटको भूकम्प गएको हो । यो भूकम्पले पुर्याएको क्षतिको विवरण आउन बाँकी छ ।

    पृथ्वीको ९७ किलोमिटर गहिराइमा गएको यो भूकम्पको धक्का दुई हजार किलोमिटर टाढासम्म महसुस भएको थियो । भूगर्भविदहरुले भूकम्पका थप धक्का आउन सक्ने भन्दै सतर्क रहन सूचित गरेका छन् ।

    यसअघि गत नोभेम्बर महिनामा इन्डोनेसियाको जाभा प्रान्तमा ५.६ म्याग्निच्युटको भूकम्प जाँदा ३१८ जनाको मृत्यु भएको थियो भने ६२ हजार भन्दा धेरै व्यक्तिहरु विस्थापित भएका थिए ।

    प्रकाशित मिति :पौष २६ २०७९ मंगलवार - १२:०१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij