Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

विवाह गरेको २३ वर्षपछि के विजयले डिभोर्स गर्न लागेका हुन्?

विवाह गरेको २३ वर्षपछि के विजयले डिभोर्स गर्न लागेका हुन्?


  • 1.9K
    Shares

    विवाह गरेको २३ वर्षपछि के विजयले डिभोर्स गर्न लागेका हुन्?

    दक्षिण भारतीय अभिनेता थलपति विजयले विवाह गरेको २३ वर्षपछि सम्बन्धविच्छेद गर्न लागेको चर्चा छ। उनी आफ्नो आगामी एक्सन फिल्म ‘वरिसु’ प्रदर्शनको तयारीमा छन्। यसैबीच उनले श्रीमती संगीतासँग सम्बन्धविच्छेद गर्न लागेको खबर बाहिरिएको हो। 

    भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार उनीहरूले आपसी सहमतिमा सम्बन्ध विच्छेद गर्न लागेका हुन्। 

    हालै विजयको फिल्म ‘वरिसु’ को अडियो लञ्चमा संगीता नदेखिएपछि सम्बन्धविच्छेदको अनुमान सुरु भएको थियो। त्यसयता केही कार्यक्रममा पनि विजय एक्लै पुगिरहेका छन्। 

    यस्तै भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार उनीहरूको सम्बन्धविच्छेदको खबर झुटाे भएको र संगीता आफ्ना छोराछोरीसँग अमेरिकामा छुट्टी मनाइरहेकी छन्। 

    यी दुवैले भने आफ्नो सम्बन्धबारे औपचारिक रूपमा केही बताएका छैनन्। विजय र संगीताको भेट ‘पूवे उनक्कागा’ रिलिजपछि भएको थियो। संगीता विजयको फ्यान थिइन् र उनी लण्डनबाट चेन्नई विजयलाई भेट्न आएकी थिइन्। उनीहरूबीच निकटता बढ्दै गएपछि सन् १९९९ मा विवाह गरेका थिए।

    उनीहरूले हिन्दु र इसाई दुवै परम्पराअनुसार विवाह गरेका थिए। उनीहरूका एक छोरा र एक छोरी छन्, जेसन र दिव्या। दिव्याले विजयसँग ‘थेरी’ मा अभिनय गरेकी थिइन्। फिल्ममा पनि उनी विजयकै छोरीको भूमिकामा देखिएकी थिइन्।

    प्रकाशित मिति :पौष २४ २०७९ आइतवार - १४:३३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij