Logo

२०८२ कार्तिक १६ गते आइतवार

२०८२ कार्तिक १६ गते आइतवार

पेलेको आज अन्त्येष्टि, अन्तिम श्रद्धाञ्जलीका लागि शव सान्तोस क्लबमा

पेलेको आज अन्त्येष्टि, अन्तिम श्रद्धाञ्जलीका लागि शव सान्तोस क्लबमा


  • 1.8K
    Shares

    पेलेको आज अन्त्येष्टि, अन्तिम श्रद्धाञ्जलीका लागि शव सान्तोस क्लबमा
    images

    विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदैछ।

    अन्तिम संस्कारअघि ब्राजिलियन खेलाडी पेलेको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि साओ पाउलोस्थित उर्बानो काल्देरा रंगशालाको बीचमा राखिएको छ।

    उनलाई श्रद्धाञ्जली दिन त्यहाँ हजारौं मानिसको भीड लागेको छ। तीन पटक विश्वकप विजेता पेलेको ८२ वर्षको उमेरमा गत साता निधन भएको थियो।

    आज उनलाई समाधिस्थ गर्नुअघि सान्तोसमा उनको शवयात्रा गरिनेछ। 'हामी विश्वका हरेक देशलाई आफ्नो एउटा फुटबल रंगशालाको नाम पेलेको नाममा राख्न आग्रह गर्नेछौं,' श्रद्धाञ्जली दिन पुगेका फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले भने।

    पेलेको निधनपछि ब्राजिल सरकारले तीनदिने राष्ट्रिय शोक घोषणा गरेको छ। लामो समयदेखि क्यान्सरसँग जुधिरहेका ८२ वर्षीय पेलेलाई किमोथेरापीले काम नगरेपछि इन्ड अफ लाइफ केयरमा सारिएको थियो।

    उनले सन् १९५८,१९६२ र १९७९ गरी तीनपटक ब्राजिललाई विश्वकपको उपाधि जिताएका थिए।

    पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका थिए। यो हालसम्मकै कीर्तिमान हो। उनले आफ्नो व्यवसायिक करियरमा कूल १३६३ खेल खेलेका छन्। जसमा १२८१ गोल गरे।

    प्रकाशित मिति :पौष १९ २०७९ मंगलवार - ११:३७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij