Logo

२०८२ कार्तिक १६ गते आइतवार

२०८२ कार्तिक १६ गते आइतवार

लिबियामा अज्ञात व्यक्तिका १८ शव भेटिए

लिबियामा अज्ञात व्यक्तिका १८ शव भेटिए


  • 1.8K
    Shares

    लिबियामा अज्ञात व्यक्तिका १८ शव भेटिए
    images

    लिबियाका अधिकारीहरुले यहाँको उत्तरी तटीय सहर सिर्तेमा अज्ञात व्यक्तिका १८ ओटा शव भेटिएको आइतबार जनाएका छन् । सिर्ते सबा क्षेत्रमा गत हप्ता ती शवहरु भेटिएपछि शव नजिकैको एक सरकारी अस्पतालमा लगिएको पनि अधिकारीले जनाएका छन् ।

    बेपत्ता व्यक्तिहरुको खोजी गर्ने यहाँको सरकारी निकायका एक अधिकारीले ती शव भेटिएपछि अस्पताल पु¥याइएको र उनीहरुको पहिचानका लागि प्रयोगशालामा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

    उनले ती व्यक्तिहरु को हुन् र के कति कारणले उनीहरुको मृत्यु भएको हो या हत्या भएको हो भन्ने विषयमा अनुसन्धान सुरु भएको जनाएका छन् । गएको अक्टोबर महिनामा पनि सिर्ते क्षेत्रकै एक सरकारी विद्यालयमा गाडिएको अवस्थामा ४२ ओटा शव भेटिएको यहाँको प्रहरीले जनाएको थियो ।

    सन् २०१६ मा सिर्ते सहरबाट विस्थापित गर्नुअघि सो सहरमा यहाँका स्लामिक स्टेट अतिवादीहरुले कब्जा जमाएका थिए । सोही समयमा कैयौँ व्यक्तिको हत्या पनि भएको थियो ।

    पछिल्लो समयमा भेटिने गरेका अज्ञात शवहरु उनीहरुले नै हत्या गरेका हुनसक्ने अनुमान यहाँको प्रहरीले गर्ने गरेको छ । रासस/सिन्हा

    प्रकाशित मिति :पौष १८ २०७९ सोमवार - १६:४४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij