Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

भारतको मेरठमा एकै परिवारका तीन जना नेपालीको निसास्सिएर ज्यान गयो

भारतको मेरठमा एकै परिवारका तीन जना नेपालीको निसास्सिएर ज्यान गयो


  • 1.8K
    Shares

    भारतको मेरठमा एकै परिवारका तीन जना नेपालीको निसास्सिएर ज्यान गयो
    images

    भारतको मेरठमा एकै परिवारका तीन जना नेपालीको ज्यान गएको छ । चिसोबाट बच्न राति कोइला बालेर सुतेका र धुवाँले निसास्सिएर ४ वर्षीया छोरीसहित दम्पतीको हिजाे ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

    कैलाली चौमालाका ३८ वर्षीय चन्द्र, उहाँकी श्रमिती ३४ वर्षीया राधा र छोरी अञ्जलीको ज्यान गएको हो । चन्द्र मेरठको टिपी नगरका उद्यमी आलोक बंसलको घरमा घरेलु श्रमिकको रुपमा काम गर्दै आउनुभएकाे थियाे । 

    चन्द्रको परिवारलाई त्यो घरको तेस्रो तलामा एउटा कोठा दिइएको थियो । हिजो नयाँ वर्षको दिन दिउँसोसम्म पनि कोही कोठाबाट बाहिर नआएपछि घरबेटी त्यहाँ पुग्दा ढोका बन्द अवस्थामा थियो ।

    ढोका फुटाएर हेर्दा चन्द्र र राधाको ज्यान गएको र अञ्जली बेहोस अवस्थामा भेटिएका थिए । उपचारको लागि स्थानीय अस्पतालमा पुर्‍याउँदासम्म अञ्जलीको पनि ज्यान गएको प्रहरीको भनाइलाई उद्धृत गर्दै दैनिक भाष्करले लेखेको छ ।

    मृतकको शवलाई पोष्टमार्टमको लागि पठाइएको र घटनाबारे मृतकको परिवारलाई खबर गरिसकेको टिपी नगर थाना प्रहरी कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :पौष १८ २०७९ सोमवार - १४:०२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij