Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

भारतको मेरठमा एकै परिवारका तीन जना नेपालीको निसास्सिएर ज्यान गयो

भारतको मेरठमा एकै परिवारका तीन जना नेपालीको निसास्सिएर ज्यान गयो


  • 1.9K
    Shares

    भारतको मेरठमा एकै परिवारका तीन जना नेपालीको निसास्सिएर ज्यान गयो

    भारतको मेरठमा एकै परिवारका तीन जना नेपालीको ज्यान गएको छ । चिसोबाट बच्न राति कोइला बालेर सुतेका र धुवाँले निसास्सिएर ४ वर्षीया छोरीसहित दम्पतीको हिजाे ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

    कैलाली चौमालाका ३८ वर्षीय चन्द्र, उहाँकी श्रमिती ३४ वर्षीया राधा र छोरी अञ्जलीको ज्यान गएको हो । चन्द्र मेरठको टिपी नगरका उद्यमी आलोक बंसलको घरमा घरेलु श्रमिकको रुपमा काम गर्दै आउनुभएकाे थियाे । 

    चन्द्रको परिवारलाई त्यो घरको तेस्रो तलामा एउटा कोठा दिइएको थियो । हिजो नयाँ वर्षको दिन दिउँसोसम्म पनि कोही कोठाबाट बाहिर नआएपछि घरबेटी त्यहाँ पुग्दा ढोका बन्द अवस्थामा थियो ।

    ढोका फुटाएर हेर्दा चन्द्र र राधाको ज्यान गएको र अञ्जली बेहोस अवस्थामा भेटिएका थिए । उपचारको लागि स्थानीय अस्पतालमा पुर्‍याउँदासम्म अञ्जलीको पनि ज्यान गएको प्रहरीको भनाइलाई उद्धृत गर्दै दैनिक भाष्करले लेखेको छ ।

    मृतकको शवलाई पोष्टमार्टमको लागि पठाइएको र घटनाबारे मृतकको परिवारलाई खबर गरिसकेको टिपी नगर थाना प्रहरी कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :पौष १८ २०७९ सोमवार - १४:०२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij