२०८२ कार्तिक १६ गते आइतवार
अस्ट्रेलियाको गोल्ड कोस्टमा सोमवार दुईवटा हेलिकप्टर जुध्दा कम्तीमा चारजनाको मृत्यु भएको छ । थप दुईजनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
आपतकालीन सेवाप्रदायकहरूले १३ जनालाई उपचारका लागि लगेका छन् । सी वर्ल्ड रिजोर्ट नजिक ती दुई हेलिकप्टर आकाशमै जुधेका हुन् ।
एउटा हेलिकप्टर उड्न लाग्दा अनि अर्को अवतरण गर्न लाग्दा दुर्घटना भएको प्रत्यक्षदर्शी एम्मा बुर्चले गोल्ड कोस्ट बुलेटिनलाई बताइन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij