Logo

२०८२ कार्तिक १६ गते आइतवार

२०८२ कार्तिक १६ गते आइतवार

फिलिपिन्समा कोभिडबाट एकदिनमा २६ जनाको मृत्यु

फिलिपिन्समा कोभिडबाट एकदिनमा २६ जनाको मृत्यु


  • 1.6K
    Shares

    फिलिपिन्समा कोभिडबाट एकदिनमा २६ जनाको मृत्यु
    images
     

    मनिला । फिलिपिन्समा कोभिड–१९ बाट शनिबार मात्र २६ जनाको ज्यान गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । दक्षिणपूर्व एसियाली देश फिलिपिन्समा कोभिडबाट एकै दिन अर्थात् शनिबार मात्र २६ जनाको ज्यान गएको यहाँको स्वास्थ्य विभागले जानकारी दिएको हो ।

    विभागकाअनुसार शनिबार यहाँ कोभिडबाट ५९१ जना संक्रमित भएको पनि बताइएको छ । यो समेत गरी यहाँ कोभिड महामारी सुरु भएदेखि अहिलेसम्ममा ४० लाखभन्दा बढी नागरिक संक्रमित भएको बताइएको छ ।

    यहाँ अहिले सक्रिय संक्रमित १३ हजार मात्र भएपनि पछिल्लो समयमा कोभिडबाट हुने संक्रमितको संख्या बढ्दै गएको देखिएको अधिकारीहरुले जनाएका छन् । प्राप्त समाचारअनुसार यहाँ कोभिडका कारण ६५ हजार जनाभन्दा बढीको ज्यान गएको छ । राससरसिन्हा

    प्रकाशित मिति :पौष १७ २०७९ आइतवार - १२:५२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij