२०८२ पौष ५ गते शनिवार
भारतीय क्रिकेट टोलीका विकेटकिपर ऋषभ पन्त सवार गाडी दुर्घटनामा परेको छ। यो दुर्घटना दिल्लीबाट रुडकी जाँदै गर्दा गुरुकुल नारसन क्षेत्रमा भएको बताइएको छ।
दुर्घटनामा उनको गाडी पूर्ण रुपले क्षति भएको छ भने उनको केही तस्बिरहरु बाहिरिएका छन्। दुर्घटनामा उनको टाउको, घुँडा र ढाड चोट लागेको देखिन्छ।
२५ वर्षे पन्तको गाडी डिभाइडरमा ठोक्किएर दुर्घटना भएको बताइएको छ। त्यसपछि गाडीमा आगोलागेपछि उनी गाडीबाट बाहिरिएको हुनसक्ने बताइएको छ।
पन्तले भारतका लागि ३३ टेस्ट म्याचमा ५ शतकसहित २२७१ रन, ३० एकदिवसीयमा १ शतकसहित ८६५ रन तथा ६६ टी २० इन्टरनेशनलमा ३ अर्धशतकसहित ९८७ रन बनाएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij