Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

आङसाङ सुकीलाई थप ७ वर्ष जेल सजाय

आङसाङ सुकीलाई थप ७ वर्ष जेल सजाय


  • 2.0K
    Shares

    आङसाङ सुकीलाई थप ७ वर्ष जेल सजाय
    images

     म्यानमारको सैन्य अदालतले नेता आङसाङ सुकीलाई थप ७ वर्ष जेल सजाय सुनाएको छ । यससँगै उनको कूल जेल सजाय ३३ वर्ष पुगेको छ ।

    चुनाव जितेर आएकी सुकीलाई सैन्य सरकारले २०२१ फेब्रुअरीदेखि नजरबन्दमा राखेको थियो । उनीमाथि १९ आरोप लागेको थियो । यसबारे १८ महिना लामो अनुसन्धान–सुनुवाइ चल्यो । गत साता मात्र संयुक्त राष्ट्रसंघले सुकीलाई रिहा गर्न आग्रह गरेको थियो । तर शुक्रबार अन्तिम ५ आरोपमा सजाय सुनाइएको छ ।

    बीबीसीका अनुसार एक अदालतले, सरकारका एक मन्त्रीले हेलिकोप्टर भाडामा लिँदा नियम पालना नगरेको भन्दै उनलाई भ्रष्टाचारमा दोषी ठहर गरेको छ ।

    उनीलाई यसअघि नै कोभिडको नियम पालना नगरेको लगायतका १४ आरोपमा दोषी ठहर गरेर सजाय सुनाइएको छ । ७७ वर्षीया नोबेल पुरस्कार बिजेता सुकीले आफ्नो जीवनको लामो समय राजधानी नेपिडोस्थित घरमा नजरबन्दमा विताएकी छन् ।

    प्रकाशित मिति :पौष १५ २०७९ शुक्रवार - १३:५१:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij