Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

दक्षिण कोरियाको सुरुङमा आगलागी हुँदा छ जनाको मृत्यु

दक्षिण कोरियाको सुरुङमा आगलागी हुँदा छ जनाको मृत्यु


  • 1.9K
    Shares

    दक्षिण कोरियाको सुरुङमा आगलागी हुँदा छ जनाको मृत्यु
    images

     दक्षिण कोरियाको राजधानी सियोलबाट करिब २० किलोमिटर दक्षिणमा रहेको ग्वाचेओनको दोस्रो ग्योन्गिन एक्सप्रेसवेको ध्वनि प्रतिरोधी सुरुङमा लागेको आगलागीमा परी छ जनाको मृत्यु भएको कोरियाली समाचार संस्था, योनहाप न्यूज एजेन्सीले बिहीबार जनाएको छ ।

    स्थानीय समयानुसार बुधबार दिउँसो १ बजेर ४९ मिनेटमा आगलागी भएको हो । बस र ट्रकबीचको ठक्करपछि दुर्घटना हुँदा आगलागी भएको र सुरुङमा आगो फैलिएको विश्वास गरिएको थियो ।

    आगलागीबाट विषाक्त ग्यास निस्किएपछि यसबाट प्रभावित थप २० जनाको उपचार भइरहेको छ । दमकल अधिकारीहरूले आगो निभाउन करिब ५० दमकल र उपकरणका साथै करिब १४० दमकल परिचालन गरेका थिए । दिउँसो २ः४० बजे आगो लगभग नियन्त्रणमा आएको थियो । 

    प्रहरी र दमकलले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान सुरू गरिसकेको बताइएको छ । रासस/सिन्हा

    प्रकाशित मिति :पौष १४ २०७९ बिहिवार - १६:३९:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij