Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

चीनमा एकसाथ दुई सय गाडी ठोेक्किए, एक जनाको मृत्यु

चीनमा एकसाथ दुई सय गाडी ठोेक्किए, एक जनाको मृत्यु


  • 1.7K
    Shares

    चीनमा एकसाथ दुई सय गाडी ठोेक्किए, एक जनाको मृत्यु
    images

    चीनको हेनान प्रान्तमा दुई सय वटा गाडी आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    हेनान प्रान्तको चेङचोउस्थित एलो रिभर माथिको पुलमा उक्त दुर्घटना भएको हो । दुर्घटनास्थलको फोटो र भिडियो हेर्दा थुप्रै गाडीहरु एकैठाउँ थुपि्रएका, एउटा गाडीमाथि अर्को गाडी चढेको र कच्याककुचुक परेको देखिन्छ । एक भिडियोमा एक व्यक्तिले दुर्घटनास्थलको दृष्य निकै डरलाग्दो भएको प्रतिक्रिया दिएका छन् ।

    दुर्घटना हुने बेला बाक्लो, हुस्सु र कुहिरो लागेको थियो । कमजोर दृष्यकै कारण दुर्घटना भएको हुनसक्ने अनुमान छ ।

    चिनियाँ समाचार च्यानल सीसीटीभीले दुर्घटनाबाट एक जनाको मृत्यु भएको जनाएको छ । दुर्घटनास्थलबाट गाडीहरु पन्छाएर यातायात सन्चालन गर्न उद्धारकर्ताहरु सक्रिय भएको समाचारमा उल्लेख छ ।

     

    प्रकाशित मिति :पौष १४ २०७९ बिहिवार - ११:२६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij