Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

दक्षिण अफ्रिकामा ग्यास बोकेको ट्रक विस्फाेट, १५ जनाको मृत्यु

दक्षिण अफ्रिकामा ग्यास बोकेको ट्रक विस्फाेट, १५ जनाको मृत्यु


  • 1.9K
    Shares

    दक्षिण अफ्रिकामा ग्यास बोकेको ट्रक विस्फाेट, १५ जनाको मृत्यु
    images

    दक्षिण अफ्रिकाको बोक्सबर्गमा  ग्यास बोकेको ट्रक विस्फाेट हुँदा १५ जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको उक्त विस्फाेटका कारण एक सय मिटर पर रहेको ताम्बो मेमोरियल अस्पतालका २४ जना बिरामी र १३ जना कर्मचारी घाइते भएका छन् ।

    ग्यास बोकेको ट्रक गौतेङ प्रान्तको बोक्सबर्गको पुलमा फसेपछि ट्रकमा आगो लागेर विस्फाेट भएको अधिकारीहरूले बताएका छन् ।

    घाइतेमध्ये अस्पतालका एक जना चालक र दुई जना परिचारिकको मृत्यु भएको स्वास्थ्यमन्त्री जो फाहलाले बताउनुभएको छ । विस्फाेटबाट अस्पतालको भौतिक संरचनामा क्षति भएको छ । क्षतिको विवरण आगामी साता सार्वजनकि गरिनेछ । रासस/सिन्ह्वा

    प्रकाशित मिति :पौष ११ २०७९ सोमवार - १२:३०:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij