Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

चीनमा कोभिडको नयाँ लहर फैलिंदो, डब्ल्यूएचओबाट चिन्ता व्यक्त

चीनमा कोभिडको नयाँ लहर फैलिंदो, डब्ल्यूएचओबाट चिन्ता व्यक्त


  • 2.1K
    Shares

    चीनमा  कोभिडको नयाँ लहर फैलिंदो, डब्ल्यूएचओबाट चिन्ता व्यक्त
    images

    चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिंदै गएपछि विश्वभरबाट चिन्ता व्यक्त हुन थालेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनको कोरोना लहरप्रति चासो व्यक्त गरेको छ ।

    डब्ल्यूएचओका इमरजेन्सी चिफ डाक्टर माइकल रायनले चिनियाँ अधिकारीहरुले बिरामीहरुको संख्या कम भने पनि अस्पतालका आईसीयू बेड भरिंदै जानु चिन्ताको विषय भएको बताएका छन् ।

    जेनेभाको एक कार्यक्रममा उनले भनेका छन्, ‘निकै संक्रामक कोरोना भाइरसलाई सार्वजनिक स्वास्थ्य र सामाजिक नियमहरुबाट मात्रै रोक्न निकै मुस्किल छ । खोप अभियान यसबाट जोगिने उपाय हुनसक्छ ।’

    चिनियाँ अधिकारीहरुले कोरोनाको पछिल्लो लहरका कारण मंगलबार ५ जना र सोमबार दुई जनाको मृत्यु भएको बताएका छन् । तर अहिलेको संक्रमणको प्रभावलाई हेर्दा यति थोरै संख्यामा शंका गर्न सकिने बीबीसीले जनाएको छ । बीबीसीका अनुसार चीनमा कोरोना महामारी बढेपछि राजधानी बेइजिङसहितका शहरहरुका अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्या बढिरहेको छ ।

    डब्ल्यूएचओका रायनले भनेका छन्, ‘चीनमा आईसीयूमा निकै थोरै संख्या भनिएको छ, तर आईसीयू भरिंदै गएका छन् ।’

    सन् २०२० देखि चीनमा जिरो कोभिड नीति अनुसार तमाम स्वास्थ्य प्रतिबन्ध लगाइएको छ । यद्यपि अर्थव्यवस्थामा यसबाट नकारात्मक असर परेपछि केही हप्तायता प्रतिबन्ध केही खुकुलो पनि पारिएको छ ।

    प्रकाशित मिति :पौष ७ २०७९ बिहिवार - ११:४७:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij