Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

एलन मस्कले ट्वीटरको सीईओबाट राजीनामा दिने

एलन मस्कले ट्वीटरको सीईओबाट राजीनामा दिने


  • 1.9K
    Shares

    एलन मस्कले ट्वीटरको सीईओबाट राजीनामा दिने
    images

    एलन मस्कले ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिने भएका छन् । आज बिहान ट्वीट गर्दै मस्कले सीईओबाट राजीनामा दिने घोषणा गरेका हुन्। उनले सीईओका लागि अर्को व्यक्ति भेटिएसँगै राजीनामा दिने र आफूले सफ्टवेयर र सर्भर टिम हेर्ने बताएका छन्।

    यसअघि मस्कले आफू भविष्यमा ट्वीटरको कार्यकारी प्रमुखका रूपमा रहने वा नरहने विषयमा मत दिन र उक्त मतको आफूले सम्मान गर्ने भन्दै प्रयोगकर्तालाई आग्रह गरेका थिए।

    आफ्ना १२ करोड २० लाख फलोअर्स माझ यस्तो प्रश्न तेर्स्याउँदै मस्कले मत सर्वेक्षणबाट आउने परिणामलाई पालन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए। उक्त मत सर्वेक्षणमा १ करोड ७५ लाख २ हजार ३ सय ९१ लाखले मतदान गरेका छन्। तीमध्ये ५७ प्रतिशतले राजीनामा दिनुपर्छ भन्ने पक्षमा र ४३ प्रतिशतले पर्दैन भन्ने पक्षमा मतदान गरेका थिए। आफ्ना फलोअर्सको आग्रहलाई आफूले स्वीकार गरेको पनि मस्कले उल्लेख गरेका छन्।

    प्रकाशित मिति :पौष ६ २०७९ बुधवार - ११:३१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij