Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

सप्तरीमा टिपरको ठक्करबाट १२ वर्षीया बालिकाको मृत्यु

सप्तरीमा टिपरको ठक्करबाट १२ वर्षीया बालिकाको मृत्यु


  • 2.3K
    Shares

    सप्तरीमा टिपरको ठक्करबाट  १२ वर्षीया बालिकाको मृत्यु
    images

    काठमाडौं । सप्तरीको रुपनीमा टिपरको ठक्करबाट मंगलबार एक बालिकाको मृत्यु भएको छ । ना१क ८५४२ नम्बरको टिपरले टक्कर दिँदा विद्यालय हिँडेकी १२ वर्षीया रीताकुमारी यादवको मृत्यु भएको हो ।बालिकाको मृत्युपछि स्थानीय आक्रोशित बनेका छन् । उनीहरूले सडक अवरुद्ध गरेका छन् ।

    सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले विद्यार्थी र स्थानीयले ‘आन्दोलन’ गरेपछि स्थिति तनावग्रस्त बनेको बताए । “रुपनी सडकखण्डमा चक्काजाम भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ,” उनले भने ।घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रजिअ थापाको भनाइ छ ।

    प्रकाशित मिति :पौष ५ २०७९ मंगलवार - १३:०२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij