Logo

२०८२ कार्तिक १६ गते आइतवार

२०८२ कार्तिक १६ गते आइतवार

मलेसियामा पहिरो: कम्तीमा ८ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

मलेसियामा पहिरो: कम्तीमा ८ जनाको मृत्यु, दर्जनौँ बेपत्ता


  • 1.8K
    Shares

    मलेसियामा पहिरो: कम्तीमा ८ जनाको मृत्यु, दर्जनौँ बेपत्ता
    images

    मलेसियाको राजधानी क्वालालम्पुर नजिक शुक्रबार बिहान पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । यस घटनामा अहिलेसम्म ५० जनाभन्दा बढीको उद्धार गरिएको छ ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार दर्जनौं मानिस अझै बेपत्ता रहेको बताइएको छ । उनीहरुको खोजी कार्य जारी छ । मलेसियाको फायर डिपार्टमेन्टका अनुसार घटना मलेसियाको सेलान्गोर प्रान्तको राष्ट्रिय राजधानी क्षेत्र बाहिर बिहान करिब ३ बजे भएको हो ।

    सडक छेउमा रहेको अर्गानिक फार्म दुर्घटनाको चपेटामा परेको छ । यो फार्मले मानिसहरूलाई यहाँ क्याम्पिङ गरेर बस्ने सुविधा दिन्छ । करिब १०० फिट उचाइबाट यो क्याम्पमा भग्नावशेष खसेको र करिब एक एकड क्षेत्रफलमा फैलिएको दमकल विभागका निर्देशकले बताए ।

    यस पहिरोमा ९२ जना फसेका थिए जसमध्ये ५३ जनाको सकुशल उद्धार गरिएको छ । एजेन्सी

    प्रकाशित मिति :पौष १ २०७९ शुक्रवार - ११:०६:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij