२०८२ फाल्गुण २३ गते शनिवार
ताइवानको पूर्वी तटमा बिहीबार ६.२ म्याग्निच्युडको भूकम्प गएको र त्यसपछि धेरै हल्का पराकम्पनहरू गएको टापुको मौसम विभागले जनाएको छ। बिहीबार मध्याह्नमा ह्वालियन काउन्टीको तटबाट झण्डै ३० किलोमिटर टाढा ६ किलोमिटर गहिराइमा केन्द्रबिन्दु रहेको जनाइएको छ।
अमेरिकी भौगर्भिक सर्वेक्षणले संस्थाले यो भूकम्प ५.९ म्याग्निच्युडको भएको र १२ किलोमिटर गहिराइमा रहेको जनाइएको छ। क्षति वा हताहतको तत्काल कुनै समाचार प्राप्त भएको छैन।
ताइवानमा भूकम्पको धक्का धेरै कम महसुस गरिएको मौसम विभागको भूकम्प विज्ञान केन्द्रका प्रमुख चेन कुओ-चाङले पत्रकारहरूलाई जानकारी दिएका छन्।
अहिलेसम्म आठवटा पराकम्पन गएको छ र हामीले आगामी तीन दिनमा थप परकम्प आउने अनुमान गरिएको ताइपेईमा चाङले बताएका छन्। ताइवानको सबवे र रेलवे अधिकारीहरूले दुवै रेलहरू कम गतिमा चलिरहेका छन् तर सेवा रोकिएको छैन। दुई टेक्टोनिक प्लेटको जंक्शननजिकै रहेको टापुको कारण ताइवानमा नियमित भूकम्प जान्छ।
कतिपय ६.० म्याग्निच्युडको वा सोभन्दा बढीको भूकम्प घातक साबित हुन सक्छ, यद्यपि धेरै भूकम्प कहाँ र कति गहिराइमा आउँछ भन्ने कुरामा भर पर्छ। गत सेप्टेम्बरमा ताइवानको पूर्वी तटमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। यसमा परी एक व्यक्तिको ज्यान गएको थियो भने केही भवन ढलेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij