Logo

२०८२ कार्तिक १६ गते आइतवार

२०८२ कार्तिक १६ गते आइतवार

ताइवानमा गयो शक्तिशाली भूकम्प

ताइवानमा गयो शक्तिशाली भूकम्प


  • 1.8K
    Shares

    ताइवानमा गयो शक्तिशाली भूकम्प
    images

    ताइवानको पूर्वी तटमा बिहीबार ६.२ रेक्टर स्केलको भूकम्प गएको र त्यसपछि धेरै हल्का पराकम्पनहरू गएको टापुको मौसम विभागले जनाएको छ। बिहीबार मध्याह्नमा ह्वालियन काउन्टीको तटबाट झण्डै ३० किलोमिटर टाढा छ किलोमिटर गहिराइमा केन्द्रविन्दु  रहेको जनाइएको छ ।

    अमेरिकी भौगर्भिक सर्वेक्षणले संस्थाले यो भूकम्प ५.९ रेक्टर स्केलको भएको र १२ किलोमिटर गहिराइमा रहेको जनाइएको छ । क्षति वा हताहतको तत्काल कुनै समाचार प्राप्त भएको छैन् । 

    “ताइवानमा भूकम्पको धक्का धेरै कम महशुस गरिएको मौसम विभागको भूकम्प विज्ञान केन्द्रका प्रमुख चेन कुओ–चाङले पत्रकारहरूलाई जानकारी दिएका छन् । 

    अहिलेसम्म आठ वटा पराकम्पन गएको छ र हामीले आगामी तीन दिनमा थप परकम्प आउने अनुमान गरेका छौ ताइपेईमा चाङले बताएका छन्। 

    ताइवानको सबवे र रेलवे अधिकारीहरूले दुबै रेलहरू कम गतिमा चलिरहेको तर सेवाहरू रोकिएको छैन। दुई टेक्टोनिक प्लेटको जंक्शननजिकै रहेको टापुको कारण ताइवानमा नियमित भूकम्प जान्छ ।

    कतिपय ६।० रेक्टर स्केलको वा सोभन्दा बढीको भूकम्प घातक साबित हुन सक्छ, यद्यपि धेरै भूकम्प कहाँ र कति गहिराइमा आउँछ भन्ने कुरामा भर पर्छ । गत सेप्टेम्बरमा ताइवानको पूर्वी तटमा ६.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । यसमा परी  एक व्यक्तिको ज्यान गएको र केही भवनहरु ढलेका थिए ।

    प्रकाशित मिति :मंसिर २९ २०७९ बिहिवार - १४:०१:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij