Logo

२०८२ कार्तिक १६ गते आइतवार

२०८२ कार्तिक १६ गते आइतवार

कतारमा विश्वकप कभर गरिरहेका अर्का एक पत्रकारको मृत्यु

कतारमा विश्वकप कभर गरिरहेका अर्का एक पत्रकारको मृत्यु


  • 2.2K
    Shares

    कतारमा विश्वकप कभर गरिरहेका अर्का एक पत्रकारको मृत्यु
    images

    कतारमा भइरहेको फूटबल विश्वकप कभर गर्न गएका अर्का एक पत्रकारको अकस्मात् मृत्यु भएको छ । अमेरिकी पत्रकार ग्रान्ट वाहलको मृत्यु भएको ४८ घन्टापछि कतारी फोटो पत्रकार खालिद अल–मिसलामको देहान्त भएको हो । 

    अल कास टीभीमा काम गर्ने खालिदको के कारणले मृत्यु भएको भनी खुलेको छैन । 

    वाहल चाहिँ क्वार्टरफाइनलमा अर्जेन्टिनाविरुद्ध नेदरल्यान्ड्सको खेल कभर गर्दै गर्दा हृदयघात भएर बितेका थिए । 

    खेल एक्स्ट्रा टाइममा जाँदा आफ्नो सीटमा ढलेका वाहललाई स्वास्थ्य उपचार गराउनका लागि अन्य पत्रकारले सहयोग मागेका थिए । 

    वाहलले आठौंपटक विश्वकप कभर गरिरहेका थिए । उनले समलिंगीहरूको समर्थनका लागि इन्द्रेणी रंगको टीशर्ट लगाउँदा उनलाई रंगशालामा पस्न दिइएको थिएन । 

    उनका भाइ एरिकले आफू समलिंगी भएको भन्दै उनले ग्रान्टलाई इन्द्रेणी रंगको टीशर्ट लगाएकोमा धेरै धाकधम्की आएको खुलासा गरे । स्वस्थ रहेका दाइले ज्यान मार्ने धम्की पाएको र उनको मृत्यु नभई हत्या गरिएको एरिकले दाबी गरे । ग्रान्टको शव सोमवार अमेरिका लगिँदैछ । 

    प्रकाशित मिति :मंसिर २६ २०७९ सोमवार - १६:१७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij