Logo

२०८२ कार्तिक १६ गते आइतवार

२०८२ कार्तिक १६ गते आइतवार

भीषण वर्षाका कारण साउदी अरब जलमग्न

भीषण वर्षाका कारण साउदी अरब जलमग्न


  • 1.9K
    Shares

    भीषण वर्षाका कारण साउदी अरब जलमग्न
    images

    साउदी अरबमा भारी वर्षाका कारण सोमबार विद्यालय बन्द गर्ने घोषणा गरिएको छ । आगामी दिनमा भारी वर्षाको सम्भावना रहेकाले बाढीको अवस्था सिर्जना हुन सक्ने बताइएको छ । 

    साउदी अरबको मौसम विज्ञान केन्द्रले आइतबार साँझदेखि बिहीबारसम्म मक्का क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरेको छ । मक्काका जेद्दाह, रबिघ, तैफ, जामुम, अल कामिल, खुलाईस, अल लैथ, अल कुन्फुधा, अल अर्दियात, अधम र मेसानलगायतका धेरै क्षेत्रहरूलाई सतर्क गराइएको छ। शिक्षा महानिर्देशनालयका प्रवक्ता हम्मुद अल-सोकरनले जेद्दाह, रबिघ र खुलाईसका विद्यालयहरू सोमबार बन्द रहने घोषणा गरे।

    सबै सुरक्षा मापदण्डलाई ध्यानमा राखेर मौसम विभागबाट प्राप्त प्रतिवेदनका आधारमा यो निर्णय गरिएको उनले बताए । तर, सबै विद्यार्थीका लागि अनलाइन कक्षा सञ्चालन हुनेछन् । यससँगै विद्यालय प्रशासनसँग आबद्ध कर्मचारीले पनि अनलाइनबाटै काम गर्नेछन् ।

    साउदी अरबमा भारी वर्षा र भारी पानी जम्मा भएको भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर भइरहेको छ। यस्तै एउटा भिडियो जेद्दाबाट बाहिर आएको छ जहाँ सडकमा भारी पानी जमेको देखिन्छ । त्यस्तै अल-बाहा क्षेत्रबाट पनि बाढीको तस्बिर बाहिर आएको छ ।

    प्रकाशित मिति :मंसिर २६ २०७९ सोमवार - १०:५०:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij