Logo

२०८२ कार्तिक १६ गते आइतवार

२०८२ कार्तिक १६ गते आइतवार

नेदरल्यान्ड्सका प्रशिक्षक भान गालले दिए राजीनामा

नेदरल्यान्ड्सका प्रशिक्षक भान गालले दिए राजीनामा


  • 2.0K
    Shares

    नेदरल्यान्ड्सका प्रशिक्षक भान गालले दिए राजीनामा
    images

    विश्वकप फुटबलको क्वाटरफाइनलमा अर्जेन्टिनासँग हारेपछि नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

    उनले भने, ‘म प्रशिक्षकको पदबाट राजीनामा दिन्छु । मैले यो पद केही समयको लागि मात्रै सम्हालेको थिएँ ।’

    उनले अगष्ट ४ मा तेस्रो पटक नेदरल्यान्ड्सको प्रमुख प्रशिक्षकको रुपमा पद ग्रहण गरेका थिए । त्यसयता गालको प्रशिक्षणमा नेदरल्यान्ड्सले २० खेल खेल्यो ।

    गाल भन्छन्, ‘मेरो तेस्रो कार्यकालमा नेदरल्यान्ड्सले २० खेल खेल्यो र एक खेल पनि हारेन ।’

    अर्जेन्टिनासँगको पेनाल्टीमा हार बेहोरेको बारेमा उनी भन्छन्, ‘मलाई लाग्दैन यो हार हो । हामीमा पेनाल्टीमा चुकेका हौं । यसलाई हार भन्न मिल्दैन ।’

    उनले जाँदा जाँदै आफूले एक उत्कृष्ट नेदरल्यान्ड्सको टोली निर्मण गरेको बताए । ‘म प्रशिक्षणबाट बिदा लिन लागे पनि एक उत्कृष्ट टिम बनाइ बिदा लिँदै छु । म यसलाई निकै सकरात्मक रुपमा लिन्छु’, उनले अर्जेन्टिनासँगको खेलमा हार बेहोरेपछिको पत्रकारसँगको कुराकानीमा भनेका थिए ।

    प्रकाशित मिति :मंसिर २५ २०७९ आइतवार - १६:३९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij