Logo

२०८२ कार्तिक १६ गते आइतवार

२०८२ कार्तिक १६ गते आइतवार

दुबईमा एयर इन्डिया एक्सप्रेसको विमानभित्र सर्प भेटिएपछि...

दुबईमा एयर इन्डिया एक्सप्रेसको विमानभित्र सर्प भेटिएपछि...


  • 2.3K
    Shares

    दुबईमा एयर इन्डिया एक्सप्रेसको विमानभित्र सर्प भेटिएपछि...
    images

    शनिबार दुबई विमानस्थलमा एयर इन्डिया एक्सप्रेसको विमानमा सर्प भेटिएपछि भारतको  नागरिक उड्डयन महानिर्देशनालयले घटनाको छानबिन गर्न आदेश दिएको छ ।

    समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार बी७३७–८०० विमान केरलाको कालीकटबाट दुबई पुगेको थियो, जहाँ विमानको ब्यागेज क्षेत्रमा सर्प भेटिएको थियो । विमानबाट सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ ।

    घटनाको जानकारी दिँदै डीजीसीएका एक वरिष्ठ अधिकारीले भने, ‘एयरपोर्टको फायर सर्भिसलाई बोलाइएको थियो । यो ग्राउण्ड ह्यान्डलिङका क्रममा भएको गल्तीको परिणाम हो । घटनाको छानबिन गरी आवश्यक कारबाही गरिनेछ ।’

    एयर इन्डिया एक्सप्रेसबाट यस घटनाको बारेमा कुनै जानकारी आएको छैन ।

    प्रकाशित मिति :मंसिर २५ २०७९ आइतवार - १४:००:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij