Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

६ पत्नी र ५४ सन्तानका पिता अब्दुल मजीदको निधन

६ पत्नी र ५४ सन्तानका पिता अब्दुल मजीदको निधन


  • 2.2K
    Shares

    ६ पत्नी र ५४ सन्तानका पिता अब्दुल मजीदको निधन

    एजेन्सी / ५४ सन्तानका पिता भनेर चिनिएका पाकिस्तानको नोसकी जिल्लाका अब्दुल मजीद म‌ंगलको निधन भएको छ।

    उनका छोरा शाह वली मंगलले हृदघातबाट आफ्ना पिताको निधन भएको बीबीसीलाई बताएका छन्।७५ वर्षीय अब्दुल पेशाले चालक हुन्।

    उनी अफगानिस्तानको बलुचिस्तानको नोस्की जिल्लाको काली मंगल गाउँका बासिन्दा हुन्।नोस्की बलुचिस्तानको राजधानी क्वेटाबाट करिब १३० किलोमिटर पूर्वमा पर्छ।

    सन् २०१७ को जनगणनाका क्रममा अब्दुल र उनको  परिवारबारे पहिलोपटक खबर सार्वजनिक भएको थियो।अब्दुलले ६ वटा विवाह गरेका थिए। उनकी पत्नीहरुमा दुईको मृत्यु भइसकेको छ भने चारवटी उनीसँगै बस्छिन्।

    उनका ४२ जीवित सन्तानध्ये २२ छोरा र २० छोरी छन्। १२ सन्तानको भने मृत्यु भइसकेको छ।

    २०१७ सालको जनगणनाअघि क्वेटा सहरमा बस्ने जान मोहम्मद खिलजीलाई सबैभन्दा बढी सन्तानका पिता भनिन्थ्यो। उनका ३६ सन्तान थिए।

    प्रकाशित मिति :मंसिर २५ २०७९ आइतवार - १३:५०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij