Logo

२०८२ कार्तिक १६ गते आइतवार

२०८२ कार्तिक १६ गते आइतवार

जर्सी टापुमा विस्फोट: मृत्यु हुनेको संख्या ३ पुग्यो, एक दर्जन बढी बेपत्ता !

जर्सी टापुमा विस्फोट: मृत्यु हुनेको संख्या ३ पुग्यो, एक दर्जन बढी बेपत्ता !


  • 1.7K
    Shares

    जर्सी टापुमा विस्फोट: मृत्यु हुनेको संख्या ३ पुग्यो, एक दर्जन बढी बेपत्ता !
    images

    शनिबार जर्सीको च्यानल टापुको एक अपार्टमेन्ट भवनमा विस्फोट परे मृत्यु हुनेको संख्या तीन पुगेको छ भने एक दर्जन बेपत्ता भएका छन् । सीएनएनले उक्त टापुका मुख्यमन्त्री क्रिस्टिना मूरलाई उद्धृत गर्दै  घटनाबारे जानकारी गराएको हो । 

    स्थानीय समय अनुसार बिहान ४ बजे मात्रै घटनाबारे स्थानीय प्रहरीलाई खबर गरिएको थियो । राज्यका जर्सी प्रहरीका प्रमुख अधिकारी रोबिन स्मिथले घटनाबारे प्रहरीलाई खबर गरेपछि आपतकालीन सेवाहरूले घटनास्थलमा  पुगेर उद्धार कार्य अगाडि  बढाएको जानकारी दिए ।  उक्त तीन तले भवन ‘पूर्ण रूपमा भत्किएको’ र वरपरको दृष्य  हृदयविदारक देखिएको थियो । 

    बेपत्ताको खोजी र उद्धारकार्य तीव्र बनाइएको स्मिथले बताएका छन् । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

    प्रकाशित मिति :मंसिर २५ २०७९ आइतवार - १२:२०:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij