Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

आफ्नै छोरी सहित २० महिलासँग विवाह गर्ने क्रिस्चियन धर्मगुरु पक्राउ

आफ्नै छोरी सहित २० महिलासँग विवाह गर्ने क्रिस्चियन धर्मगुरु पक्राउ


  • 2.6K
    Shares

    आफ्नै छोरी सहित २० महिलासँग विवाह गर्ने क्रिस्चियन धर्मगुरु पक्राउ
    images

    क्रिस्चियन धर्मगुरु २० महिलासँग विवाह गरेको आरोपमा पक्राउ परेका छन् ।

    अमेरिकामा भएको घटनामा ४६ वर्षीय सेमुअल रेपिले बेटम्यानले चर्च सञ्जालको दुरुपयोग गर्दै २० विवाह गरेपछि उनलाई पक्राउ गरिएको हो ।अमेरिकाको एफबीआईले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    क्रिस्चियन धर्मको गतिविधिमा संलग्न उनले आफ्नै छोरीसँग विवाह गरेर पत्नी बनाएको घोषणा गरेका थिए । उनले ९ वर्षीया बालिकासँग पनि विवाह गरेका छन् । उनले पत्नीहरूसँग सामूहिक शारीरिक सम्पर्क र बालिकाहरूसँग पनि शारीरिक दूराचार गर्ने गरेको आरोप छ ।

    चर्चमा आउने समर्थकका छोरीहरूमाथि ती धर्मगुरुले अत्याचार गर्ने गरेको बताइएको छ । उनले नाबालिकासँग विवाह गरेर सीमा पार गराउँदै बेच्ने गरेको आरोप समेत छ । उनलाई जेलमा राखेरै मुद्दाको सुनुवाइ भइरहेको छ । 

    प्रकाशित मिति :मंसिर २० २०७९ मंगलवार - १६:१६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij