Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

आफ्नै छोरी सहित २० महिलासँग विवाह गर्ने क्रिस्चियन धर्मगुरु पक्राउ

आफ्नै छोरी सहित २० महिलासँग विवाह गर्ने क्रिस्चियन धर्मगुरु पक्राउ


  • 2.7K
    Shares

    आफ्नै छोरी सहित २० महिलासँग विवाह गर्ने क्रिस्चियन धर्मगुरु पक्राउ

    क्रिस्चियन धर्मगुरु २० महिलासँग विवाह गरेको आरोपमा पक्राउ परेका छन् ।

    अमेरिकामा भएको घटनामा ४६ वर्षीय सेमुअल रेपिले बेटम्यानले चर्च सञ्जालको दुरुपयोग गर्दै २० विवाह गरेपछि उनलाई पक्राउ गरिएको हो ।अमेरिकाको एफबीआईले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    क्रिस्चियन धर्मको गतिविधिमा संलग्न उनले आफ्नै छोरीसँग विवाह गरेर पत्नी बनाएको घोषणा गरेका थिए । उनले ९ वर्षीया बालिकासँग पनि विवाह गरेका छन् । उनले पत्नीहरूसँग सामूहिक शारीरिक सम्पर्क र बालिकाहरूसँग पनि शारीरिक दूराचार गर्ने गरेको आरोप छ ।

    चर्चमा आउने समर्थकका छोरीहरूमाथि ती धर्मगुरुले अत्याचार गर्ने गरेको बताइएको छ । उनले नाबालिकासँग विवाह गरेर सीमा पार गराउँदै बेच्ने गरेको आरोप समेत छ । उनलाई जेलमा राखेरै मुद्दाको सुनुवाइ भइरहेको छ । 

    प्रकाशित मिति :मंसिर २० २०७९ मंगलवार - १६:१६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij