Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

सरकारी कर्मचारी चढेको बसमा विस्फोट हुँदा अफगानिस्तानमा सात जनाको मृत्यु

सरकारी कर्मचारी चढेको बसमा विस्फोट हुँदा अफगानिस्तानमा सात जनाको मृत्यु


  • 2.2K
    Shares

    सरकारी कर्मचारी चढेको बसमा विस्फोट हुँदा अफगानिस्तानमा सात जनाको मृत्यु

    अफगानिस्तानको उत्तरमा पर्ने बाल्ख प्रान्तको राजधानी मजार–ए–शरीफमा सरकारी कर्मचारी चढेको बसमा विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ । विस्फोटमा अरु छ जना घाइते भएका छन् ।

    प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीका अनुसार सीमावर्ती शहर हिरातनको पेट्रोलियम निर्देशनालयका कर्मचारी चढेको बसले सडक किनारमा राखिएको बम किच्दा घटना भएको हो ।

    यसैबीच, नाम उल्लेख गर्न नचाहने एकजना प्रत्यक्षदर्शीले मृतकको सङ्ख्या पुष्टि गरिएको भन्दा बढी हुन सक्ने बताएका छन् । हालसम्म विष्फोटको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएको छैन ।

    प्रकाशित मिति :मंसिर २० २०७९ मंगलवार - १४:३५:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij