Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

सरकारी कर्मचारी चढेको बसमा विस्फोट हुँदा अफगानिस्तानमा सात जनाको मृत्यु

सरकारी कर्मचारी चढेको बसमा विस्फोट हुँदा अफगानिस्तानमा सात जनाको मृत्यु


  • 2.1K
    Shares

    सरकारी कर्मचारी चढेको बसमा विस्फोट हुँदा अफगानिस्तानमा सात जनाको मृत्यु
    images

    अफगानिस्तानको उत्तरमा पर्ने बाल्ख प्रान्तको राजधानी मजार–ए–शरीफमा सरकारी कर्मचारी चढेको बसमा विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ । विस्फोटमा अरु छ जना घाइते भएका छन् ।

    प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीका अनुसार सीमावर्ती शहर हिरातनको पेट्रोलियम निर्देशनालयका कर्मचारी चढेको बसले सडक किनारमा राखिएको बम किच्दा घटना भएको हो ।

    यसैबीच, नाम उल्लेख गर्न नचाहने एकजना प्रत्यक्षदर्शीले मृतकको सङ्ख्या पुष्टि गरिएको भन्दा बढी हुन सक्ने बताएका छन् । हालसम्म विष्फोटको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएको छैन ।

    प्रकाशित मिति :मंसिर २० २०७९ मंगलवार - १४:३५:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij