Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

चीनमा वायु प्रदूषणका कारण हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु

चीनमा वायु प्रदूषणका कारण हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु


  • 2.0K
    Shares

    चीनमा वायु प्रदूषणका कारण हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु

    काठमाडौं । चीनमा वायु प्रदूषणका कारण हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

    बेइजिङले विगत १० वर्ष वा सो भन्दा अघिदेखि वायु प्रदूषण नियन्त्रणका लागि गरेका प्रयासका अवस्था नाजुक रहेको विवरण नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित गरिएको छ ।तथ्यांकका लागि १ सय ३७ देशहरूको वायु प्रदुषणको अवस्था विश्लेषण गरिएको थियो ।

    चीनमा जैविक ईन्धनको प्रयोगबाट सामान्यतः २ दशमलव ५ माइक्रोन भन्दा साना कणहरू वायु मण्डलमा फैलिने गरेको अध्ययन प्रतिवेदनमा देखाइएको छ । ल्याटिन अमेरिका, एसिया र अफ्रिकामा सन् २०१५ मा ४० प्रतिशत मृत शिशु जन्मेको पनि तथ्यांकले देखाएको छ ।

    मृत अवस्थामा शिशुहरु जन्मिने ९८ प्रतिशत देशमा अध्ययन गरिएकोमा चीन वायु प्रदुषणका कारण गर्भमा रहेका शिशुमा असर पर्ने देशमा चौथो स्थानमा परेको हो ।

    प्रकाशित मिति :मंसिर २० २०७९ मंगलवार - ११:४९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij