Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

चीनमा वायु प्रदूषणका कारण हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु

चीनमा वायु प्रदूषणका कारण हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु


  • 1.9K
    Shares

    चीनमा वायु प्रदूषणका कारण हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु
    images

    काठमाडौं । चीनमा वायु प्रदूषणका कारण हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

    बेइजिङले विगत १० वर्ष वा सो भन्दा अघिदेखि वायु प्रदूषण नियन्त्रणका लागि गरेका प्रयासका अवस्था नाजुक रहेको विवरण नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित गरिएको छ ।तथ्यांकका लागि १ सय ३७ देशहरूको वायु प्रदुषणको अवस्था विश्लेषण गरिएको थियो ।

    चीनमा जैविक ईन्धनको प्रयोगबाट सामान्यतः २ दशमलव ५ माइक्रोन भन्दा साना कणहरू वायु मण्डलमा फैलिने गरेको अध्ययन प्रतिवेदनमा देखाइएको छ । ल्याटिन अमेरिका, एसिया र अफ्रिकामा सन् २०१५ मा ४० प्रतिशत मृत शिशु जन्मेको पनि तथ्यांकले देखाएको छ ।

    मृत अवस्थामा शिशुहरु जन्मिने ९८ प्रतिशत देशमा अध्ययन गरिएकोमा चीन वायु प्रदुषणका कारण गर्भमा रहेका शिशुमा असर पर्ने देशमा चौथो स्थानमा परेको हो ।

    प्रकाशित मिति :मंसिर २० २०७९ मंगलवार - ११:४९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij