Logo

२०८२ कार्तिक १६ गते आइतवार

२०८२ कार्तिक १६ गते आइतवार

६ महिनापछि चिनियाँ अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

६ महिनापछि चिनियाँ अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए


  • 2.0K
    Shares

    ६ महिनापछि चिनियाँ अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए
    images

    तीन चिनियाँ अन्तरिक्ष यात्री चीनको अन्तरिक्ष स्टेशनमा ६ महिनाको मिसन पूरा गरेर पृथ्वीमा फर्किएका छन्।

    नोभेम्बरमा सम्पन्न भएको टियाङगोङ अन्तरिक्ष स्टेशनको अन्तिम निर्माण चरणको निरीक्षण गर्न उनीहरू ५ जुनमा अन्तरिक्षतर्फ प्रस्थान गरेका थिए।

    चीनको भित्री मङ्गोलियाको स्वायत्त क्षेत्रमा आइतबार सेन्झाउ १४ अन्तरिक्ष यानमा चालक दलले पृथ्वी छोएका हुन् । चीनको अन्तरिक्ष एजेन्सीले यो मिसनलाई 'पूर्ण सफल' घोषित गरेको छ ।

    कमाण्डर चेन डोङ र टोलीका साथीहरू लिउ याङ र काई जुझेले राज्य प्रसारक सीसीटीभीद्वारा प्रसारित अडिओमा अवतरणपछि आफूहरूको अवस्था ठिक रहेको बताएका छन् ।

    अवतरण साइटका कर्मचारीहरूले चालक दललाई एग्जिट क्याप्सुलबाट बाहिर निकालेका थिए । जुन अन्तरिक्ष स्टेशनबाट अनडक गरेको करिब नौ घण्टा पछि स्थानीय समय अनुसार साँझ ८ बजेको समयमा हो।

    चीनको पहिलो महिला अन्तरिक्ष यात्री याङले अन्तरिक्ष स्टेशनमा बिताएको आफूलाई अविस्मरणीय सम्झना रहेको बताइन् र 'मातृभूमि फर्कन पाउँदा उत्साहित छु,' सिन्ह्वा राज्य समाचार संस्थाले उनलाई उद्धृत गर्दै लेखेको छ ।

    प्रकाशित मिति :मंसिर १९ २०७९ सोमवार - १२:०४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij