Logo

२०८२ कार्तिक १६ गते आइतवार

२०८२ कार्तिक १६ गते आइतवार

म्यानमारमा ७ जना विद्यार्थीलाई मृत्‍युदण्डको सजाय सुनाइयो

म्यानमारमा ७ जना विद्यार्थीलाई मृत्‍युदण्डको सजाय सुनाइयो


  • 2.4K
    Shares

    म्यानमारमा ७ जना विद्यार्थीलाई मृत्‍युदण्डको सजाय  सुनाइयो
    images

    काठमाडौं । म्यानमारमा सरकारविरुद्ध प्रदर्शन गर्ने ७ जनालाई मृत्‍युदण्डको सजाय सुनाइएको छ । उनीहरुलाई म्यानमारको सैन्य अदालतले उक्त सजाय सुनाएको हो ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यम डिप्लोम्याटका अनुसार सजाय पाउनेहरु स्थानीय डेगन विश्वविद्यालयका विद्यार्थी हुन् । उनीहरुलाई गत अप्रिलमा गिरफ्तार गरिएको थियो ।

    सजाय पाउनेहरुमा खान्ट जिन विन, थुरा माउङ मोङ, जाव लिन नाइङ, थिहा हेट जाव, हेन हेट, थेट पिङ ओ, र खान्ट लिन माउङ माउङ रहेका छन् । रिपोर्टका अनुसार यी सबै विद्यार्थीहरु बैंक म्यानेजर तथा पूर्वसैनिक अधिकारीको हत्यामा संलग्न रहेको आरोप लगाइएको थियो ।

    म्यानमारको मिडिया पोर्टल द इरावदीका अनुसार फेब्रुअरी २०२१ को ‘कु’ पश्चात म्यानमार सरकारले २५ सय जनाको हत्या गरेको छ । सरकारले विरोधलाई दबाउन र विपक्षीलाई कारबाही गर्न मृत्युदण्ड दिने गरेको आरोप छ। पोर्टलका अनुसार म्यानमारमा ४० वर्षपछि गत जुलाईमा कसैलाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।

    प्रकाशित मिति :मंसिर १८ २०७९ आइतवार - १४:४२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij