Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

लकडाउनविरुद्धको प्रदर्शन रोक्न चिनियाँ प्रहरी सफल

लकडाउनविरुद्धको प्रदर्शन रोक्न चिनियाँ प्रहरी सफल


  • 2.2K
    Shares

    लकडाउनविरुद्धको प्रदर्शन रोक्न चिनियाँ प्रहरी सफल
    images

    चीनमा कोरोना भाइरसको नियन्त्रणका लागि लागू गरिएको लकडाउनसहितका कडा प्रतिबन्धात्मक उपायहरूसहितका नियमविरुद्ध भएको प्रदर्शन रोक्न स्थानीय अधिकारी सफल भएका छन्।

    प्रदर्शन रोक्नका लागि प्रमुख सहरमा ठूलो संख्यामा प्रहरी तैनाथ भएका छन्। प्रहरीको उपस्थितिका बाबजुद केही स्थानमा प्रदर्शनको प्रयास भएका थिए, तर ती सफल हुन सकेनन्।

    यसअघि दुई दिनसम्म लगातार प्रदर्शन भएका थिए। बेइजिङ, सांघाईतसहितका प्रमुख सहरमा पनि प्रदर्शन भएको थियो।

    प्रदर्शन नियन्त्रणमा लिने प्रयासस्वरूप सुरक्षा प्रशासनले स्थानीयसँग सोधपुछ तथा माबाइल फोनहरूको खोजी पनि गरेको दाबीसहितका खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित भएका छन्।

    चीनमा प्रदर्शन नभए पनि विश्वका विभिन्न सहरमा रहेका चिनियाँहरूले भने प्रदर्शन जारी राखेका छन्। चीनमा शून्य-कोभिड नीतिअन्तर्गत कोभिड परीक्षण, क्वारेन्टिन तथा लकडाउनसहितका उपाय अपनाउने गरिएको छ।

    पछिल्लोपटक उत्तर-पश्चिमी सहर उरुम्कीको एक अपार्टमेन्टमा आगलागी हुँदा १० जनाको मृत्यु भएपछि प्रदर्शन चर्किएको हो। गएको बिहीबार भवनमा आगलागी हुँदा उनीहरूको मृत्यु भएको हो।

    उरुम्कीमा गएको अगस्टदेखि नै लकडाउन जारी छ। लकडाउनका कारण उद्धार प्रयास प्रभावित भएकाले सर्वसाधारणको ज्यान गएको प्रदर्शनकारीको आरोप लगाएका थिए।

    प्रकाशित मिति :मंसिर १३ २०७९ मंगलवार - १५:१७:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij