२०८२ पौष ५ गते शनिवार
विवाहलाई एक पवित्र सम्बन्ध मानिन्छ। यो सम्बन्धमा केटा र केटी दुवै एकअर्काप्रति समर्पित हुनु जरुरी हुन्छ। छिमेकी मुलुक चीनमा भने एक अनौठो घटनाले चर्चा पाएको छ।एक महिलाले आफ्नो विवाहपूर्व पूर्वप्रेमीसँग यौन सम्बन्ध राख्दै गरेको अश्लील च्याट भाइरल भएपछि यो विषयले चर्चा पाएको हो।
चिनियाँ सामाजिक सञ्जालमा बेहुलीको हर्कतबारे मानिसहरुले आक्रोश व्यक्त गरिरहेका छन्। चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेअनुसार सबैभन्दा पहिला बेहुलीका प्रेमीले आफ्नो मानिसलाई प्रभावित पार्न सक्ने शक्ति प्रदर्शनको लागि भन्दै बेहुलीसँगको विवाहको पूर्वसन्ध्यामा गरिएको अश्लील कुराकानी सामाजिक सञ्जालमा राखेका थिए। सियाओबाइलोङ थर भएका ती युवकले उक्त वार्तालाप सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमा वु थर भएकी बेहुलीको चर्को आलोचना हुन थालेको थियो।
मध्य चीनको हुनान प्रान्तका बेहुलालाई बेहुलीले विवाहको पूर्वसन्ध्यामा धोका दिएको कुरा उनका एक साथीले सुनाएका थिए। उनीहरुले यसअघि नै विवाह दर्ता भने गरिसकेका थिए। उक्त घटना सुनेर विक्षिप्त भएका बेहुलाले प्रहरीमा उजुरी दर्ता गराउँदै सम्बन्धविच्छेदको माग गरेका छन्।
विवाहको दुई दिनअघि यसअघि नै धेरैपटक यौन सम्बन्ध भइसकेका प्रेमी सिआओ बाइलोङ सँगको कुराकानीमा युवतीले आफ्नो विवाहको पोशाक पठाउँदै आफ्नो नयाँ घरको ठेगाना पठाएकी थिइन्।
त्यसपछि सिआओबाइलोङले भोलिपल्ट यौनसम्पर्कको प्रस्ताव राख्छन् र युवातीले पनि त्यसलाई सहज स्वीकार गर्छिन्। त्यसपछि प्रेमीले गर्भनिरोधी साधन प्रयोग नगरेको विषयलाई वीरतापूर्ण कार्य भएको बताउँदै कसको बच्चा जन्माउँछौं भन्ने हेर्न बाँकी रहेको बताउँछन् र वुले पनि आफू यस विषयमा चिन्तित नभएको प्रतिक्रिया दिन्छिन्।
त्यसपछि सिआओबाइलोङले यौन सम्बन्धको लागि तेस्रो पुरुष पनि जोडिने प्रस्ताव राख्छन् र वु तीन जनाबीचको यौन सम्बन्धको लागि पनि राजी हुन्छिन्। उनले आफू नराम्रो भएको जस्तो लागिरहेको तर आफू तीनजनाबीचको यौन सम्बन्धको लागि पनि राजी भएको बताउँछिन्। यद्यपि उनीहरुबीच सम्बन्ध रहेको वा नरहेको भन्ने खुलेको छैन।
त्यसको भोलिपल्ट योजनाअनुसार नै विवाह समारोह सम्पन्न भएको थियो। त्यसपछि सिआओलोङले आफूहरुबीचको वार्तालाप सामाजिक सञ्जालमा राखेका थिए।
यो घटना सार्वजनिक भएसँगै वुका श्रीमान्ले विवाहको क्रममा वुलाई दिएको २ लाख युआनबराबरको उपहार पनि फिर्ता पाउनुपर्ने दाबी गरेका छन्। वुका श्रीमान्ले यो घटनाको कारण आफ्नो स्वास्थ्यमा समेत असर गरेको र आफूले त्यसको लागि उपचार पनि गराउनुपरेको उल्लेख गरेका छन्। अपमानको कारण आफ्नी आमा पनि बिरामी परेको उनले बताएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij