२०८२ पौष ५ गते शनिवार
इजरायलको जेरुसेलममा दुई बेग्लाबेग्लै ठाउँमा भएका विस्फोटमा परी कम्तीमा १५ जना घाइते भएको एएफपी समाचार संस्थाले खबर दिएको छ ।
तीमध्ये एक घाइतेको मृत्यु भइसकेको बताइएको छ । देशका सार्वजनिक सुरक्षामन्त्रीले यसलाई आक्रमणको संज्ञा दिएका छन् ।
जेरुसेलममा रहेको एक बस स्टेसनको पश्चिमी भागमा भएको विस्फोटमा १२ जना घाइते भएका थिए । अर्को बस स्टेसनमा भएको विस्फोटका कारण तीनजना घाइते भएका छन् भने एक बस क्षतिग्रस्त भएको छ ।
आधा घण्टाको अन्तरमा दुईवटा विस्फोट भएको हो । घटनास्थलमा सुरक्षाकर्मीहरूले प्रमाण संकलन तथा आरोपित खोजीको काम जारी राखेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij