Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

चीनमा आगलागीमा परी ३६ को मृत्यु

चीनमा आगलागीमा परी ३६ को मृत्यु


  • 2.1K
    Shares

    चीनमा आगलागीमा परी ३६ को मृत्यु
    images

    चीनको एक व्यापारिक फार्ममा भएको आगलागीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ । मध्य चीनको हेनान प्रान्तमा रहेको एन्यान सहरमा अवस्थित एक व्यापारिक फार्ममा आगलागी भएको बताइएको छ । यससम्बन्धी पूर्ण विवरण आएको छैन ।

    आगलागीबाट कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ भने अरु दुई जना घाइते भएका छन् । आगलागीमा परेर दुई जना बेपत्ता रहेका छन् । उनीहरु आगो लागेको भवनको भग्नावशेषमा परेका अनुमान गरिएको छ ।

    सोमबार राति ११ बजेतिर त्यहाँ आगलागी भएको प्रहरीले जनाएको छ । यहाँ ठूलो संख्याका प्रहरी तथा उद्धारकर्मीहरुले उद्धारको काम गरिरहेका पनि बताइएको छ ।

    यस फार्ममा के कति कारणले आगलागी भएको हो भन्ने बारेमा भने केही बताइएको छैन । प्रहरीले सो फार्ममा रहेका दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ । 

    प्रकाशित मिति :मंसिर ६ २०७९ मंगलवार - १४:१६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij