Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

महिला कर्मचारी धेरै राख्ने बैंकमा प्रभु सबै भन्दा अगाडी, हेर्नुहोस सूची कुन बैंकमा कति महिला छन् ?

महिला कर्मचारी धेरै राख्ने बैंकमा प्रभु सबै भन्दा अगाडी, हेर्नुहोस सूची कुन बैंकमा कति महिला छन् ?


  • 8.1K
    Shares

    महिला कर्मचारी धेरै राख्ने बैंकमा प्रभु सबै भन्दा अगाडी, हेर्नुहोस सूची कुन बैंकमा कति महिला छन् ?
    images

    काठमाडौं । हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता हुनु पर्ने व्यवस्था नेपालको संविधानले गरेको छ । सोहीअनुसार सरकारी तथा निजी क्षेत्रका अधिकांश संघ संस्थाहरुले समावेशीतामा कर्मचारी नियुक्त गरेका पाइन्छ ।

    जागिरका लागि निजी क्षेत्रमा सबैभन्दा आकर्षण बैंकिङ क्षेत्रमा छ । जसमध्ये वाणिज्य बैंकमा जागिरे हुने व्यवस्थापन अध्ययन सकेका वा अध्ययन गरिरहेका युवा युवतीको हुन्छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा महिलाको सहभागिता बढ्दो छ ।

    बैंक तथा वित्तीय संस्थाभित्र पस्नसाथ काउन्टरमा तपाईंलाई सेवा दिन तैनाथ चिटिक्क परेका महिला कर्मचारीले तपाईंको स्वागत गर्छन् ।

    सुन्दर र सफाचट युवतीको स्वागतले पक्कै पनि तपाईंको मन प्रफुल्लित बनाउँछ । पछिल्ला वर्षहरुमा बैंक जाँदा तपाईंलाई स्वागत गर्ने र सेवा दिने महिलाको बाक्लिँदै गएको अनुभूति पक्कै पनि गर्नुभएको होला ।

    तथ्यांकले पहिल्ला वर्षहरुमा बैंकिङ क्षेत्रमा काम गर्ने महिलाको संख्या बढेको देखाउँछ । बैंकको जागिर सुरक्षित, भरपर्दो र आकर्षक तलबरभत्ता हुने भएकाले पनि युवतीहरुको आकर्षण बढ्दो छ ।

    सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमा गत असार मसान्तसम्म करार र कोर बैंकिङ गरी ४४ हजार ५ सय २ जना करार र कोर बैंकिङ कर्मचारी कार्यरत थिए । जसमा ३८.७१ प्रतिशत अर्थात् १७ हजार ३ सय जना महिला कर्मचारी रहेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ । कुल कार्यरत कर्मचारीमा ६१.२९ प्रतिशत अर्थात् २७ हजार २ सय २ जना पुरुष कर्मचारीको संख्या छ

    प्रभु बैंक र प्राइम बैंकमा कुल कर्मचारीको ५० प्रतिशतभन्दा बढी महिला कर्मचारी कार्यरत छन् ।

    प्रभु बैंकमा २ हजार ४ सय कुल कर्मचारीमा ५३.७९ प्रतिशत अर्थात् १२ सय ९३ जना महिला कर्मचारी कार्यरत छन् । बैंकमा ४६.२१ प्रतिशत अर्थात् १ हजार १ सय ११ जना पुरुष कर्मचारी छन् ।

    त्यसैगरी, प्राइम बैंकमा कुल २ हजार ४ सय ४ जवना कर्मचारी कार्यरत छन् । जसमा ५२.१५ प्रतिशत अर्थात् १ हजार ६७ जना महिला र ४७.८५ प्रतिशत अर्थात् ९ सय ७९ जना पुरुष कर्मचारी कार्यरत छन् ।

    यसैगरी, बैंक अफ काठमाण्डूमा कुल १ हजार २८ जना कर्मचारी कार्यरत छन् । जसमा ४८।६४ प्रतिशत अर्थात् ५ सय जना महिला र ५१..३६ प्रतिशत अर्थात् ५ सय २८ जना पुरुष कर्मचारी कार्यरत छन् ।

    त्यस्तै, नेपाल इन्भेटमेन्ट बैंकमा कुल १ हजार ८ सय ९४ जना कर्मचराी कार्यरत छन् । जसमा ४६.८३ प्रतिशत अर्थात् ८ सय ८७ जना महिला र ५३.१७ प्रतिशत अर्थात् १ हजार ७ जना पुरुष कर्मचारी कार्यरत छन् ।

    स्ट्याण्र्डड चार्टर्ड बैंकमा ५४.५८ प्रतिशत अर्थात् २ सय ९२ जना पुरुष र ४५.४२ प्रतिशत अर्थात् २ सय ४३ जना महिला गरी ५ सय ३५ जना कर्मचारी कार्यरत छन् ।

    मेगा बैंकमा ५७.१५ प्रतिशत अर्थात् १ हजार ४३ जना पुरुष र ४२.८५ प्रतिशत अर्थात् ७ सय ८२ जना महिला गरी १ हजार ८ सय २५ जना कर्मचारी कार्यरत छन् ।

    माछापुच्छ्रे बैंकमा कुल १ हजार ४ सय ८६ जना कर्मचारी कार्यरत छन् । जसमा ५७.६० प्रतिशत अर्थात् ८ सय ५६ जना पुरुष र ४२.४० प्रतिशत अर्थात् ६ सय ३० जना महिला कर्मचारी कार्यरत छन् ।

    एनआइसी एशिया बैंकमा कुल २ हजार ९ सय ८ जना कर्मचारी कार्यरत छन् । जसमा ५८.४९ प्रतिशत अर्थात् १ हजार ७ सय १ जना पुरुष र ४१.५१ प्रतिशत अर्थात् १ हजार २ सय ७ जना महिला कर्मचारी कार्यरत छन् ।

    सिटिजन्स बैंकमा कुल १ हजार ४ सय ७३ जना कर्मचारी कार्यरत छन् । जसमा ५९ प्रतिशत अर्थात् ८ सय ६९ जना पुरुष र ४१ प्रतिशत अर्थात् ६ सय ४ जना महिला कर्मचारी कार्यरत छन् ।

    साथै हिमालयन बैंकमा कुल १ हजार ५ जना कर्मचारी कार्यरत छन् । जसमा ५९ प्रतिशत अर्थात् ५ सय ९३ जना पुरुष र ४१ प्रतिशत अर्थात् ४ सय १२ जना महिला कर्मचारी कार्यरत छन् ।

    प्रकाशित मिति :माघ १६ २०७७ शुक्रवार - १३:१२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij