Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

वर्षा र हिमपातको सम्भावना, आज कहाँ कहाँ पर्छ पानी ?

वर्षा र हिमपातको सम्भावना, आज कहाँ कहाँ पर्छ पानी ?


  • 2.1K
    Shares

    वर्षा र हिमपातको सम्भावना, आज कहाँ कहाँ पर्छ पानी ?
    images

    काठमाडौं । हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।

    पछिल्लो चौबीस घन्टामा मुलुकका विभिन्न भागमा छिटपुट वर्षा पनि भएको छ। सोमबार दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    दिउँसो देशका हिमाली भू‍–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्ने पनि महाशाखाले जनाएको छ।

    देशका हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ। राति तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहने महाशाखाले जनाएको छ।

    देशका हिमाली भू‍–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ।

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    प्रकाशित मिति :माघ १९ २०८२ सोमवार - ०८:२६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij