Logo

२०८२ माघ १९ गते सोमवार

२०८२ माघ १९ गते सोमवार

रोएपछि साँच्चै कम हुन्छ तनाव ?

रोएपछि साँच्चै कम हुन्छ तनाव ?


  • 351
    Shares

    रोएपछि साँच्चै कम हुन्छ तनाव ?

    काठमाडौं । के तपाईंलाई कहिल्यै बिना कारण रुन मन लाग्छ ? बिना कारण पनि तपाईं रुनु भएको छ ? आत्तिनु पर्दैन । यो सामान्य कुरा हो । अनि अर्को कुरा रुनु शरीरको लागि वरदान पनि हो । खुलेर रुँदा तनाव कम हुने र तपाईंले राम्रो महसुस गर्ने अध्ययनहरूले देखाएका छन् ।

    रुँदा हाम्रो शरीरको प्यारासिम्पेथेटिक स्नायु प्रणाली सक्रिय हुन्छ । सरल शब्दमा भन्नु पर्दा जब कोर्टिसोलको स्तर उच्च हुन्छ, शरीरले यसबाट बाहिर निस्कने बाटो खोज्छ । यस्तोमा रुँदा तपाईंलाई तनावपूर्ण अवस्थाबाट बाहिर निस्कन मद्दत गर्न सक्छ ।

    धेरै नै तनाव महसुस गर्दै हुनुहुन्छ भने तपाईंसँग कोर्टिसोलको स्तर उच्च हुन सक्छ । यस अवस्थामा रुँदा तनाव कम हुनेछ र तपाईंलाई राम्रो महसुस हुनेछ । क्लिभल्याण्ड क्लिनिकद्वारा प्रकाशित एक रिपोर्टका अनुसार खुलेर रुँदा छातीबाट भारी बोझ हटेको जस्तो महसुस हुन्छ । यसले नकारात्मक सोचलाई रोक्छ, जुन शारीरिक र मानसिक स्वास्थ्यको लागि हानिकारक हुनसक्छ ।

    आँसुले आन्तरिक दबाब कम गर्न मद्दत गर्छ । व्यक्त नगरिएका भावनाहरूले छाती, घाँटी र टाउकोमा तनाव सिर्जना गर्न सक्छन् । जब तपाईं रुनुहुन्छ, यो दबाब कम हुन्छ, जसले गर्दा तपाईंलाई हल्का महसुस हुन्छ ।

    यदि तपाईं धेरै पीडामा हुनुहुन्छ र निराश महसुस गर्दै हुनुहुन्छ भने तपाईंलाई रुन मन लाग्न सक्छ भनेर क्लिभल्याण्ड क्लिनिकको रिपोर्टले भन्छ । तपाईंले आँसु बगाउनुभयो भने पनि चीजहरू अलि स्पष्ट हुन सक्छन् र तपाईं ती भावनाहरूलाई केही स्पष्टताका साथ ‘डिल’ गर्न सक्नुहुन्छ । 

    प्रकाशित मिति :माघ १९ २०८२ सोमवार - ११:०१:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij