Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

रोमानियामा रूसी दूतावासको गेटमा ठोक्कियो कार, चालकको मृत्यु

रोमानियामा रूसी दूतावासको गेटमा ठोक्कियो कार, चालकको मृत्यु


  • 3.6K
    Shares

    रोमानियामा रूसी दूतावासको गेटमा ठोक्कियो कार, चालकको मृत्यु
    images

    रोमानियास्थित रूसी राजदूतावासको गेटमा कार ठोक्किँदा चालकको मृत्यु भएको छ। 

    बुधबार रोमानियाको राजधानी बुकरेस्टको प्रहरीले एक विज्ञप्ति जारी गर्दै रूसी राजदूतावासको गेटमा गाडी ठोक्किँदा चालकको मृत्यु भएको जानकारी दिएको हो।

    दुर्घटनापछि कारमा आगो लागेको भिडिओ समेत सार्वजनिक भएका छन्। पछि अग्नि नियन्त्रक आएर आगलागी नियन्त्रणमा लिएको थियो। 

    सो घटना दुर्घटना हो वा जानाजान गरिएको हो भन्ने खुलेको छैन। पछिल्ला केही हप्तायता युरोपस्थित कयौं रूसी राजदूतावासहरू प्रदर्शनकारीको निशानामा परेका छन्। युक्रेनमाथि आक्रमण गरेपछि आक्रोशित प्रदर्शनकारीले राजदूतावासमा आक्रमण गर्ने प्रयास गरेका हुन्। 

    प्रहरीले यो घटनाको अनुसन्धान गरिरहेको बताएको छ। कार चालकको परिचय पनि खुलाएको छैन। 

    रोमानियाले मंगलबारमात्रै १० रूसी कूटनीतिज्ञहरूलाई देश निकाला गर्ने बताएको थियो। अन्तर्राष्ट्रिय कानुनअन्तर्गत काम नगर्नेहरूलाई निकाल्ने बताइएको हो। 

    रूसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेयता ६ लाख २४ हजार ८६० युक्रेनी नागरिक रोमानियामा पुगिसकेका छन्। अझै पनि ८० हजार युक्रेनी त्यहीँ छन्।

    प्रकाशित मिति :चैत्र २३ २०७८ बुधवार - १३:५६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij