Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

श्रीलंकामा गठबन्धन सरकारका ४० सांसदहरूले पनि दिए राजीनामा

श्रीलंकामा गठबन्धन सरकारका ४० सांसदहरूले पनि दिए राजीनामा


  • 3.2K
    Shares

    श्रीलंकामा गठबन्धन सरकारका ४० सांसदहरूले पनि दिए राजीनामा
    images

    श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको गठबन्धन सरकारबाट ४० भन्दा बढी सांसदले छाडेका छन् । राजापाक्षेको श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी) नेतृत्वको गठबन्धनमा आबद्ध दलहरूका ४० सांसदहरूले अब आफूले स्वतन्त्र रूपमा प्रतिनिधित्व गर्ने बताएका छन् । 

    आर्थिक र विदेशी मुद्रा संकटका कारण विद्युत कटौती र अभावको सामना गरिरहेको श्रीलंकामा राजनीतिक संकट पनि गहिरिएको छ । अलग भएका सांसदहरूले विपक्षीहरूलाई समर्थन गर्ने विषयमा केही खुलाएका छैनन् ।

    राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गर्दै विपक्षीले सरकारविरुद्ध व्यापक विरोध प्रदर्शन गर्दै आएका छन् । राजापाक्षेको मन्त्रिपरिषद्का सबै सदस्यहरूले यसअघि नै सामूहिक राजीनामा दिएका थिए । तर राष्ट्रपति र उनका भाइ प्रधानमन्त्री महिन्दा राजापाक्षेले भने राजीनामा नदिने बताउँदै आएका छन् ।

    प्रकाशित मिति :चैत्र २२ २०७८ मंगलवार - १४:४१:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij