Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

श्रीलंकामा आर्थिक संकटका बीच राजनीतिक संकट पनि, सबै मन्त्रीले दिए एकै पटक राजिनामा

श्रीलंकामा आर्थिक संकटका बीच राजनीतिक संकट पनि, सबै मन्त्रीले दिए एकै पटक राजिनामा


  • 3.7K
    Shares

    श्रीलंकामा आर्थिक संकटका बीच राजनीतिक संकट पनि, सबै मन्त्रीले दिए एकै पटक राजिनामा
    images

    श्रीलंकामा संकटकालका बीच राजनीतिक उथलपुथल तीव्र बनेको छ। आइतबार अबेर राति त्यहाँको मन्त्रिपरिषदका सबै मन्त्रीले राजीनामा दिएका छन्।

    श्रीलंकाका शिक्षामन्त्री तथा सदनका नेता दिनेश गुणवर्द्धनेले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई मन्त्रिपरिषद्का मन्त्रीहरूले राजीनामा बुझाएको जानकारी दिए। तर त्यसरी मन्त्रीहरूले एकसाथ सामूहिक राजीनामा किन दिए भन्ने कारण उनले खुलाएका छैनन्। 

    श्रीलंकाका प्रधानमन्त्रीका छोरा नमल राजापाक्षेले समेत आफ्ना सबै विभागबाट राजीनामा दिएको बताइएको छ। यसअघि आइतबार राजधानी कोलम्बोमा सरकारको विरोध गरेको आरोपमा ६५० भन्दा बढी जनालाई पक्राउ गरिएको थियो।

    आर्थिक मन्दीको विरोधमा उनीहरूले कर्फ्यु तोडेर सरकारविरुद्ध र्‍याली निकालेका थिए।

    यसैबीच श्रीलंकामा सामाजिक सञ्जाल प्लेटफर्ममा बन्द गरिएका छन्। आइतबारदेखि देशभर फेसबुक, ट्विटर, ह्वाट्सएप र इन्स्टाग्रामलगायत सबै सामाजिक सञ्जाल सेवा बन्द गरिएको इन्टरनेट निगरानी संस्था नेटब्लक्सले  जानकारी दिएको हो।

    उता राजधानी कोलम्बोमा स्थिति नबिग्रियोस् भनेर सेना र प्रहरीले हरेक कुनामा पहरा दिइरहेका छन्।

    आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकालाई सहयोग गर्न भारत अघि सरेको छ। इन्धन संकटसँग जुध्न श्रीलंकालाई भारतले तेल ट्याङ्कर पठाइदिएको हो, जुन शनिबार श्रीलंका पुगेको छ। यसले इन्धन संकटसँग जुधिरहेका जनतालाई राहत दिने अपेक्षा गरिएको छ। एजेन्सी

    प्रकाशित मिति :चैत्र २१ २०७८ सोमवार - ११:०९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij