Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

इमरान खान अल्पमतमा, आज अविस्वासको प्रस्ताव माथि मतदान हुने

इमरान खान अल्पमतमा, आज अविस्वासको प्रस्ताव माथि मतदान हुने


  • 3.8K
    Shares

    इमरान खान अल्पमतमा, आज अविस्वासको प्रस्ताव माथि मतदान हुने
    images

    पाकिस्तानको राजनीति एकाएक तरंगिएको छ । प्रधानमन्त्री इमरान खान अल्पमतमा परेपछि अविश्वासको प्रस्तावमाथि आज मतदान हुँदैछ । पाकिस्तानको तल्लो सदन नेसनल एसेम्ब्लीमा मतदान हुन लागेको हो ।

    उनीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव पारित भएमा खान स्वतः पदमुक्त हुनेछन् । ३४२ सदस्य रहेको सदनमा गत साता खानको पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) ले बहुमत गुमाएको थियो ।

    गठबन्धनका केही सांसदहरु सरकारको विपक्षमा उभिएका थिए । त्यस्तै पीटीआईकै सांसदहरूले पनि खानविरुद्ध विद्रोह गरेका थिए ।

    पाकिस्तानी पूर्व क्रिकेट कप्तान खानले क्रिकेटकै भाषामा पदबाट राजीनामा नदिने बरु ‘अन्तिम बलसम्म’ संघर्ष गरिरहने बताएका थिए । उनले आफूलाई हटाउन देशबाहिर षडयन्त्र रचिएको दाबी गर्दै शान्तिपूर्ण विरोध गर्न आफ्ना समर्थकहरूलाई सडकमा आउन अपील गर्दै आएका छन् ।

    पाकिस्तानको तीतो यथार्थ भनेको अहिलेसम्म कुनै पनि पाकिस्तानी प्रधानमन्त्रीले पूर्ण कार्यकाल पूरा गरेका छैनन् । खान पदमुक्त भएमा पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ सेहबाज सरिफ प्रधानमन्त्री बन्ने अनुमान गरिएको छ । पाकिस्तानी संसदको अंकगणितअनुसार कुल ३४२ सांसदहरुको संख्यामा इमरान खानको साथमा १४२ सांसदमात्र छन् । विपक्षीको साथमा १९९ सांसद छन् ।

    बहुमतका लागि १७२ सांसद भए पुग्छ । यो अर्थमा इमरानको कुर्सी खतरामा छ । आज हिंसाको आशंकासमेत गरिएको छ । अविश्वास प्रस्तावमा भोटिङ हुनुअघि इस्लामाबादमा तमाम सुरक्षा संयन्त्रलई अलर्ट राखिएको छ ।

    करिब तीन हजार सुरक्षाकर्मी संसद भवन आसपास तैनाथ रहेका छन् । अविश्वास प्रस्तावअघि केही गडबडीसमेत हुन सक्ने आंकलन गरिएको छ । जसमा खानले ‘सन्डे सरप्राइज’ भन्दै आएका छन् ।

    यो सरप्राइज अन्तर्गत उनले विपक्षी दलका नेताहरुलाई गिरफ्तार गर्न सक्ने आंकलन पनि भइरहेको छ । उनीहरुमाथि देशद्रोहको मुद्दा चलाउनेसमेत तयारी भएको विभिन्न सूत्रहरुलाई उधृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले लेखेका छन् ।

    आज अविश्वासको प्रस्तावमाथि चर्चा, सभामुखले चाहेका खण्डमा मात्रै भोटिङ र इस्लामाबादमा इमरान खानको र्याली हुने सम्भावना पनि देखिएको छ ।

    आफूविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमाथि मतदान हुने ठिक एक दिनअघि खानले शनिबार आफ्ना समर्थकहरुलाई सडकमा उत्रिन आह्वान गरेका थिए । खानमाथि देशमा आर्थिक संकट निम्त्याएको विपक्षीले आरोप लगाउँदै आएका छन् । उता इमरानले भने यो सबै अमेरिकाले षडयन्त्र रचेको आरोप लगाइरहेका छन् ।

    प्रकाशित मिति :चैत्र २० २०७८ आइतवार - ११:१४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij